भिरमौरीको मह खाँदा धादिङको रुविभ्यालीमा दश जना बिरामी

२२ बैशाख २०७६, आईतवार २३:५५ मा प्रकाशित

धादिङ, २२ वैशाख । विकट उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नं ४ बोराङमा भिर मौरीको मह खाँदा आज १० जना बिरामी परेका छन् । बिरामीपर्नेमा ५२ वर्षीय नोप्चा लामा, ६२ वर्षीय च्याजोम तामाङ, २० वर्षीय हिमाल विक, २४ वर्षीय लालु विक, १५ वर्षीया सुष्मा तामाङ, १६ वर्षीय मे लामा तामाङ, ४२ वर्षीया मेञ्जित माया तामाङ, ५२ वर्षीय चोकबहादुर तामाङ, ५५ वर्षीय कान्छा लामा तामाङ र सोही गाउँपालिका वडा नं ४ हन्दिुङ निवासी ३५ वर्षीय तेसमान तामाङ रहेका छन् ।

बिरामीमध्ये तेसमान र कान्छा लामाको अवस्था गम्भीर भएकाले उपचार हुन नसकी हेलिकप्टरको सहायताले काठमाडौँ लगिएको सामाजिक कार्यकर्ता विजय तामाङले टेलिफोनबाट जानकारी दिनुभयो । सामान्य बिरामी परेका अन्य आठ जनाको बोराङ स्वास्थ्य बिन्दुमा उपचार भइरहेको छ ।

आज बिहान ९ः३० बजेतिर मह खाएका उनीहरुमा बान्ता गर्ने, थरथर काम्ने र बेहोस हुने लक्षण देखिएको थियो । उनीहरु शनिबार रुविभ्याली गाउँपालिका वडा नं ४ र खनियाबास गाउँपालिका वडा नं १ को झार्लाङको बीचमा पर्ने भिरमा भिरमौरीको मह ल्याइएकामा गाउँका १३ जनाले सो मह खाएपछि १० जना बिरामी भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले