उदीयमान खेलाडीको एन्फा अवार्ड मञ्जलीकुमारी र अभिषेकलाई

२२ बैशाख २०७६, आईतवार २३:५३ मा प्रकाशित

काठमाडौँ, २२ वैशाख । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आफ्नो दिवसको अवसरमा वितरण गरेको अवार्डअन्तर्गत उदीयमान खेलाडीको अवार्ड मञ्जलीकुमारी योन्जन र अभिषेक रिजाललाई दिएको छ ।

एन्फाद्वारा आज यहाँ आयोजित कार्यक्रममा मणिविक्रम शाहको नामबाट प्रदान गरिएको उदीयमान अवार्डमा शसस्त्र प्रहरी बल (एपीएफ)की मन्जलीकुमारी र राष्ट्रिय यु २३ (तेइस वर्षमुनी) टोलीका सदस्य अभिषेकलाई फुटबल खेलमा उल्लेखनीय योगदान गरेको भन्दै सम्मान गरेको हो ।

मन्जलीकुमारीले अवार्डसहित एक थान स्कुटर र रु एक लाख प्राप्त गरिन् । उनले राष्ट्रिय टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्दै क्लबका लागि पनि उल्लेखनीय योगदान गरेकी थिइन । त्यस्तै पुरुषतर्फ अभिषेक रिजालले उदयमान खेलाडीको अवार्ड पाएका हुन् । उनले पनि मोटरसाइकल र रु एक लाख प्राप्त गरे ।

लाइफटाइम एचिभमेन्ट अवार्डबाट प्रशिक्षक भागीरथ आले सम्मानित भए । फुटबल क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै एन्फाले उनलाई सम्मान गरेको हो । उनले मोटरसाइकलसहित रु तीन लाख ५० हजार प्राप्त गरे । त्यसैगरी उत्कृष्ट प्रशिक्षको अवार्ड नेपाली महिला राष्ट्रिय टोलीका प्रशिक्षक हरी खड्काले पाए । अवार्डसँगै उनले एक थान मोटरसाइकल र रु एक लाख प्राप्त गरे ।

उत्कृष्ट पुरुष रेफ्रीमा लव खत्री तथा महिलामा अस्मिता मानन्धर सम्मानित भए । उत्कृष्ट जिल्ला फुटबल सङ्घको अवार्ड साफ च्याम्पियनसिप आयोजना गरेको मोरङ जिल्ला फुटबल सङ्घले पाउदा उत्कृष्ट क्लबको अवार्ड गत वर्षको ए डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबले हात पायो ।

प्रतिक्रिया
सम्बन्धित खवर

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई