सरकारले जनतालाई सपना मात्र बाँड्यो : काँग्रेस महामन्त्री कोइराला

२२ बैशाख २०७६, आईतवार २३:५१ मा प्रकाशित

जीतपुर, २२ वैशाख । वर्तमान सरकारले जनतालाई सपना मात्र बाँडेको नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस क्षेत्र नं १ ले मायादेवी गाउँपालिकाको डुमरामा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले सरकारले जनतालाई पूरा गर्र्न नसक्ने सपना बाँडेको आरोप लगाउनुभयो । काङ्ग्रेस केन्द्रीय सदस्य दीपक गिरीले सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाउनुभयो । अर्का केन्द्रीय सदस्य तथा सांसद अतहर कमालले सरकारले जनतालाई विभिन्न बाहानमा झुक्काएर सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लागउनुभयो ।

पूर्वराजदूत दीपककुमार उपाध्याय, सांसद अभिषेकप्रताप शाह, पूर्वपार्टी सभापति सुधारकर पाण्डेय, राजेश आचार्यलगायतले पार्टीमा गुटबन्दीलाई त्यागेर एकबद्ध भएर जानुपर्नेमा जोड दिएका थिए । सो अवसरमा माओवादीका पूर्वसभासद ईन्द्रवती यादव, नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र तिवारी, नेता चक्रधारी पाण्डेय, अब्दुर रउफलगायत काङ्ग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।