भेनेजुएलामा सैनिक दुर्घटनाग्रस्त, सात सैनिकको मृत्यु

२२ बैशाख २०७६, आईतवार २३:४५ मा प्रकाशित

काराकास, २२ बैशाख (एएफपी) – भेनेजुएलाको राजधानी काराकासको बाहिरी इलाकामा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा सात जना सैनिक अधिकृतको मृत्यु भएको राष्ट्रपति निकोलास मदुरोले बताउनुभएको छ ।

उक्त हेलिकप्टर राजधानी काराकासबाट उत्तर पश्चिमको सान कार्लोसतर्फ उडेको थियो । राष्ट्रपति मदुरोले ट्वीट गर्दै सात सैनिक अधिकृतको निधनले राष्ट्रलाई नै अपूरणीय क्षति भएको बताउनुभयो ।

मारिएका सैनिकहरुमा दुई जना मेजर, तीन जना क्याप्टेन र दुई जना लेफ्टिनेन्ट कर्णेल रहेका छन् । रक्षा मन्त्रालयले उक्त दुर्घटनाका बारेमा छानबिन थालेको छ ।

राष्ट्रपति मदुरो शनिबार सान कार्लोसमा हुनुहुन्थ्यो । पाँच हजारभन्दा बढी सैनिक सहभागी परेडको निरीक्षण गर्न राष्ट्रपति मदुरो यहाँ आउनुभएको हो ।

विपक्षी नेता हुँवा गुएइदोको विरुद्धमा शक्ति प्रदर्शन गर्न पनि उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ । गत साता राष्ट्रपति मदुरो विरुद्धको सैनिक विद्रोह पनि बिफल भएको थियो ।

विपक्षी नेता गुएइदोले सेनालाई राष्ट्रपति मदुरोलाई समर्थन नगर्न निरन्तर आग्रह गरिरहनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

आज अक्टोबर २८ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका

एजेन्सी । सेनाद्वारा घरमै नजरबन्दमा राखिएका भनिएका सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामडोक घर फर्किएका छन् । प्रधानमन्त्री हामडोकलाई राजधानी खार्तुमस्थित आफ्नै

रियो दि जेनेरियो । ब्राजिलको संसदीय समितिले राष्ट्रपति जैर बोल्सोनाविरुद्ध अपराधिक मुद्दा लगाउन सुझाव दिएको छ । कोभिड महामारी नियन्त्रणमा

काठमाडौं । औंलामा गन्न सकिने विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको कुल आम्दानीको केही अंशले भोकमरी समस्या समाधान गर्न सकिने संयुक्त राष्ट्रसंघीय