फेरि ब्रुमर किन्दै काठमाडौँ महानगर, धुलोको सास्ती रोकिएन

२२ बैशाख २०७६, आईतवार १८:०९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २२ बैशाख । कठमाडौँ महानगरपालिकाले फेरि दुई ओटा ब्रुमर किन्ने भएको छ । ५ वटा ब्रुमरले बिभिन्न रुटमा धुलो बढार्दै आएपनि ब्रुमर अपुग भएका कारण धुलो कम हुन नसकेको भन्दै महानगरले थप ब्रुमर ल्याउने भएको हो ।

यसअघि महानगरले युरो ४ एमिसन स्टाण्डर्डको डुभेलो ६००० मोडलको १०७ किलोवाट इन्जिन क्षमता भएका ५ वटा ब्रुमर खरिद गरेको थियो । ११ करोड खर्च गरेर ल्याईएका यी ब्रुमरमा ५ सय लिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण गर्न सक्ने क्षमता थियो ।

काठमाडौँको धेरै जसो सडक अहिले मर्मत र स्तरोन्ति भईरहेका छन् । निर्माण भईरहेका सडकबाट अत्याधिक धुलो जम्मा हुन्छ । त्यस्ता ठाउँहरुमा ब्रुमरले बढार्न सक्दैनन् । पानी परेको बेलामा त सबै सडक हिलाम्य हुन्छन । पानीले दायाँ बायाँ हिलो थुपारिदिने भएकाले बु्रमरले कुचो लगाउन सक्दैन ।

मौसम बदलिका कारण ब्रुमरले सोचेजति काम गर्न नसकेको महानगरको प्रतिक्रिया छ । ‘निर्माण कार्य भैरहेको स्थानमा र हिलो भएको स्थानमा ब्रुमर लगाउँदा कुचो बिग्रने र प्राबिधिक समस्याहरु आइपर्ने कारणले सोचेजतिको धुलो नियन्त्रण हुन सकेको छैन’ महानगरका प्रवक्ता इश्वरमान डंगोलले भने ।

५ वटा ब्रुमरले बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म फरक फरक रुटहरुमा सडक बढार्ने गर्छन । चार वटा १६ टन र एउटा छ टन क्षमताको ब्रुमरले रातभर बर्ढादा पनि धुलो कम हुन सकेको छैन । ब्रुमरले एक रातमा ८ देखि १० टन फोहोर उठाउने गरेको छ । अहिले सम्म उठाएका फोहोरहरु टेकुस्थित ट्रान्पोटेसनमा राखिएको छ ।

काठमाडौँको धुलो नियन्त्रण गर्न कम्तिमा १० वटा ब्रुमर आबश्यक पर्ने भएकोले ल्याउन लागिएको प्रवक्ता डंगोलको भनाई छ । अबको एक दुइ महिनाभित्र नयाँ ब्रुमर ल्याइसक्ने तयारीमा रहेको महानगरले १० वटासम्म ब्रुमर किन्न सक्ने अधिकार पाएको छ ।

महानगरलाई चीन सरकारले दुई वटा ब्रुमर अनुदानमा दिन लागेको छ । अहिले भएका ५, नयाँ किन्न लागिएका २ र चीनले दिने २ गरी काठमाडौँ महानगरसँग ९ वटा ब्रुमर हुनेछन् ।

महानगरले ब्रुमरबाट पनि प्रभावकारी रुपमा धुलो नियन्त्रण हुन नसकेपछि विकल्पमा माटो शिल गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१