प्रदेश १ को राजधानी विराटनगरमै राख्ने नेकपाको निर्णय

२२ बैशाख २०७६, आईतवार १७:४१ मा प्रकाशित

मोरङ, २२ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले प्रदेश १ को राजधानी विराटनगरमै राख्ने निर्णय गरेको छ । आइतबार बसेको नेकपाको प्रदेश १ को संसदीय दलको वैठकले प्रदेशको राजधानी विराटनगरलाई नै बनाउने निर्णय गरेपछि राजधानी विराटनगर नै हुने निश्चत भएको हो ।

दुईतिहाइ बहुमतसहित प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपाको निर्णयसँगै प्रदेश १ को राजधानी विराटनगर टुंगिएको हो । प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीका अनुसार राजधानी विराटनगर र कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना सुन्दरहरैंचा नगरपालिका आसपास संरचना निर्माण गर्ने निर्णय भएको जानकारी दिए ।

प्रदेशको राजधानी टुंग्याएपनि नामको विषयमा भने कुनै निर्णय नभएको उनले जानकारी दिए । प्रदेशको नाम र राजधानी दुईतिहाइ बहुमतले पारित गर्नुपर्ने प्रवधान भएका कारण नेकपाले यो प्रस्ताव प्रदेशसभामा दर्ता गर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको