धनगढी विमानस्थलमा उडान बन्द

२२ बैशाख २०७६, आईतवार १६:१३ मा प्रकाशित

धनगढी, २२ बैशाख । धनगढी विमानस्थलमा आइतबारबाट उडान सेवा बन्द भएको छ । सुदूरपश्चिम प्रदेशलाई काठमाडौँसँग जोड्दै आएको यो विमानस्थलको धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र विस्तारको काम गर्नुपर्ने भएकाले एक महिनाका लागि बन्द गरिएको विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढाथापाले जानकारी दिए ।

१८ सय मिटर लामो र ३० मिटर चौडा भएको यो धावनमार्गको आठ सय मिटर धावनमार्ग पूर्णरुपमा भत्काएर पुनःनिर्माण गर्न लागिएको छ । दुई वटा जहाज मात्रै पार्किङ मिल्ने क्षेत्रलाई क्षमता बढाएर चार वटा जहाज पार्किङ गर्न सकिने गरी विस्तार गर्न लागिएको छ । जेठ २१ गते पछि मात्र विमानस्थलमा हवाई सेवा सुरु हुने बताइएको छ ।

१८ करोडको लागतमा विमानस्थलको धावन मार्ग र पार्किङ क्षेत्र स्तरोन्नति गर्न तीन वटा निर्माण कम्पनीसँग निर्माण सम्झौता भएको छ ।

धनगढी विमानस्थलबाट नेपाल वायुसेवा निगमले काठमाडौँ धनगढी हप्तामा तीन दिन हवाई सेवा उपलब्ध गराउँदै आएको थियो । बुद्ध एयर र श्री एयरलायन्सले काठमाडौँ धनगढीका लागि दैनिक चार उडान भर्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको