‘नीति कार्यक्रमले पर्यटन क्षेत्रलाई उपेक्षा गर्यो’

२२ बैशाख २०७६, आईतवार १४:५२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २२ बैशाख । सरकारले ल्याएको नीति तथा कार्यक्रमले पर्यटन क्षेत्रलाई महत्व नदिएको पर्यटन व्यवसायीले गुनासो गरेका छन् । आर्थिक वर्ष २०७६/७७ को बजेट आउनु अगाडी सरकारले नीति तथा कार्यक्रम ल्याउने प्रचलन छ । सोही अनुसार सरकारले बैशाख २० गते आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । तर नीति तथा कार्यक्रमले पर्यटनको विकासका लागि ठोस कार्यक्रम ल्याउन नसकेको व्यवसायीको भनाई छ ।

ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दहालले पर्यटन व्यसायीलाई उत्साहित बनाउने गरि निती तथा कार्यक्रम नआएको प्रतिक्रिया दिए । स्थिर सरकार बनेको र पर्यटनलाई आर्थिक विकासको मुख्य अंगका रुपमा लिईएको बेलाम नेपालको पर्यटनलाई ठोस रुपमा अगाडी बढाउने योजना र कार्यक्रम आउँछ भन्ने अपेक्षा गरिएको भएपनि त्यस्तो केही नआएको दाहालको भनाई छ ।

‘भ्रमण वर्ष मनाउने, एयरपोर्ट सुधार गर्ने कुरा आए, यी त सुरु भईसकेका काम हुन’, दाहालले भने, ‘यी बाहेकका पर्यटनलाई नयाँ ढङ्गले विकास गरिने योजना आएनन् ।’ स्वदेशी लगानीकर्ताले नै थोरै लगानीमा गर्न सक्ने र छिटो आर्थिक उपार्जन गर्न सकिने पर्यटन व्यवसायलाई सरकारले अन्य क्षेत्रलाई जस्तो महत्व नदिएको उनको गुनासो छ ।

उनका अनुसार धेरैभन्दा धेरै विदेशी पर्यटक भित्र्याउन सरकारले मुख्यतः तीन कुरालाई ध्यानमा राखेर कार्यक्रम ल्याउनुपर्ने थियो । पर्यटकीय पूर्वाधार निर्माण, पर्यटकमैत्री नीति र देशको पर्यटन प्रवद्र्धनलाई समेटेर नीति तथा कार्यक्रम आउनुपर्ने उनको भनाई छ । अध्यक्ष दाहालले आगामी बजेटमा यी कुरालाई समेट्न सरकारलाई सुझाव दिए ।

नेपाल एसोसियसन अफ ट्राभल एण्ड टूर एजेन्टस् (नाट्टा) का अध्यक्ष सि.एन. पाण्डेले पूर्वाधारको क्षेत्रमा केही गर्न खाजेको भएपनि पर्यटनलाई नै भनेर सरकारले नीति तथा कार्यक्रमले केही नसमेटेको बताए । ‘पर्यटन क्षेत्रको हितका लागि भ्याटको सट्टा सर्भिस चार्ज लगाउने कुरा भएको थियो, तर नीति तथा कार्यक्रममा यो कुरा आएन’ उनले भने ।

धेरै कम्पनी करको दायरामा नआएपछि नाट्टाले भ्याटको सट्टा सर्भिस चार्जको व्यवस्था गर्न माग गर्दै थियो । यसो भएमा सर्भिस चार्जवापत भ्याट सरहकै दायरा बढाउन सकिने पाण्डेको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको