काङ्ग्रेस सांसद मिनेन्द्र रिजालको प्रश्न, ‘४० दिनमा ८ सय किलोमिटर सडक कसले बनायो ?’

२२ बैशाख २०७६, आईतवार १२:५३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २२ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले लोकतन्त्रलाई भुलेर वर्तमान सरकार समाजवादको सपना बाँड्दै हिँडेको आरोप लगाएका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा आइतवार संसदमा बोल्दै नेता रिजालले सरकारलाई संघीयता कमजोर बनाउने खेलमा नलाग्न सुझाव दिएका छन् ।

‘लोकतन्त्र शब्दसँग सरकारलाई घृणा लागेको हो ?’, रिजालले प्रश्न गरे । ‘सरकार धुलोमुक्त काठमाडौँ भन्दैछ तर मान्छे हाँस्दैछन्’, उनले भने, ‘सरकारले पनि जनता हँसाउने काम गर्दैछ, यो कस्तो रमिता हो ?’

सरकारले गलत तथ्यांक दिएर जनतालाई ढाँटेको रिजालको आरोप छ । ‘४० दिन अगाडि ८ सय किलोमिटर सडक पिच गरेको भन्ने सरकार ४० दिनपछि १६०० किमि सडक बनाउँछ’, उनले भने, ‘४० दिनमै ८ सय किलोमिटर सडक पप्पु कन्ट्रक्सनले बनायो कि क्या हो ?’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने निष्कर्ष निकालेका छन् । आज (सोमबार) बसेको ‘इजलास बहिष्कार’

काठमाडौं ।यतिबेला नेपाली कांग्रेसका नेता कार्यकर्ता चुपचाप छन् । दशैंअघिसम्म कांग्रेसमा महाधिवेशनको उत्साह थियो । नेताहरूबीच आ–आफ्नो समूहलाई जिताउन भेटघाट