गोपनियताको सपथ खुवाउने चलन हटाउः सूचना आयोग

२२ बैशाख २०७६, आईतवार १२:३५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २२ बैशाख । राष्ट्रिय सूचना आयोगले गोपनियताको सपथ गराउने प्रचलन हटाउन सचेत गराएको छ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकको सूचना पाउने संवैधानिक हक प्रतिकूल हुनेगरी गोपनियताको सपथ खुवाउने प्रचलन तत्काल हटाउन सरकारलाई सचेत गराएका हुन् ।

आइतबार आयोगको ११ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा बास्कोटाले राणाकाल र पञ्चायतकालको झल्को दिने गरी गोपनियताको सपथ खुवाउने तथा सरकारी कागजातहरुमा गोप्य र अतिगोप्य छाप लगाउने प्रचलनलाई अझै पनि निरन्तरता दिइएकोप्रति आपत्ति जनाए । उनले सूचना पाउने संवैधानिक हकको उपयोग गर्न पनि नागरिकलाई आग्रह पनि गरेका छन् । प्रमुख सूचना आयुक्त बाँस्कोटाले सूचनाको हकसम्बन्धि ऐन कार्यान्वयनमा प्रगति हुँदै आएको पनि बताए।

सरकारले २०६५ साल बैशाख २२ गते राष्ट्रिय सूचना आयोगको गठन भएको थियो। आयोगले सूचना ऐनमार्फत् नागरिकको सूचनाको हकलाई प्रत्याभूति गराउन सरकारी तथा गैरसरकारी संस्थाहरुलाई सचेत गराउँदै आएको छ ।

विगत एक वर्षमा नेपालमा ५० हजार नागरिकले सूचनाको हकको माग गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३