सरकारको नीति तथा कार्यक्रम परिस्कृत नभएको निबन्धः डा महत

२२ बैशाख २०७६, आईतवार १२:१३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २२ बैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम पुर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारको नीति तथा कार्यक्रम परिस्कृत नभएको निबन्ध जस्तै भएको बताएका छन् । ‘नीति तथा कार्यक्रम आगामी एक वर्षको लागि हो, तर सरकारले धेरै महत्वकांक्षी कार्यक्रमहरु ल्याएको छ । जसको सम्भाव्यता अध्ययन गर्नै वर्षौं लाग्छ’ महतले भने ।

नेता महतले सरकारले आफ्नो चरित्र सुहाउँदो नीति तथा कार्यक्रम ल्याएको आरोप लगाए । उनले भने,‘यो सरकार कामभन्दा प्रचारमुखी छ । यसले ल्याएको नीति तथा कार्यक्रममा धेरै प्रोपोगाण्डा छन् ।’ उनले ‘नेपाल सरकार’ भन्नुपर्ने ठाउँमा पटक–पटक ‘मेरो सरकार’ भनेर सम्बोधन गर्नुमा राष्ट्रपतिको दोष नभई सरकारको दोष भएको दाबी गरे ।

डा. महतले राष्ट्रपति र प्रधानमन्त्रीको नाममा धेरै कार्यक्रम ल्याईएको भन्दै असन्तुष्टि पोखे । नीति तथा कार्यक्रममा कुनै प्राथमिकता नै नभएको उनको टिप्पणी छ । उनले भने, ‘एक वर्षको लागि ल्याईएको कार्यक्रम चार वर्ष र पाँच वर्षभित्र गर्ने भनेर ल्याईएको छ।’

सरकारले संस्थागत क्षमता र कार्यान्वयन क्षमता बढाउनेतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने