नियम विपरीत स्वकीय कर्मचारीको तलब लिँदै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

२२ बैशाख २०७६, आईतवार १२:०६ मा प्रकाशित

काठमाडौँ, २२ बैशाख । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर सुविधा लिँदै आएको पाईएको छ । तिमिल्सिनाले दुई सवारी चालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेका छन् ।

संसद सचिवालयबाट बेग्लै चालक प्रयोग गरेपनि उनले चालकको सूचीमा आफ्नै नाम लेखेर सुविधा लिँदै आएका छन् । संघीय संसद सचिवालयका अनुसार अध्यक्षको गाडि अधिकांश समय संसद सचिवालयकै चालक सलामसिंह लामाले चलाउँदै आएका छन् । तर, सचिवालयबाट हरेक महिना निजी सवारीचालक शीर्षकमा अध्यक्षकै खातामा रकम गइरहेको छ ।

अध्यक्ष तिमल्सिनाले चार जनाको पारिश्रमिक आफ्नै खातामा राखिदिन भनेकाले त्यसो गरिएको श्रोतले बताएको छ । तिमलिस्नाले चार जनाको कूल तलब गरेर मासिक ६९ हजार एक सय ४० रुपैयाँ बुझ्दै आएका छन्।

अध्यक्ष तिमल्सिनाको सचिवालयले भने घरमा खाना पकाउन बस्नेको नागरिकता नभएको र चालक परिवर्तन भइरहने कारणले चार स्वकीयको खाता नखोलिएको दाबी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्