५५ तारे होटलले धानेको नेपालको पर्यटन

२२ बैशाख २०७६, आईतवार १२:०१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २२ बैशाख । सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’का रुपमा मनाउने तयारीलाई तीव्रता दिएसँगै निजी क्षेत्रमा पनि उल्लास छाएको छ । पर्यटन सम्वद्ध व्यवसायीहरु उत्साहित भएका छन् । तर २० लाख पर्यटक धान्ने पूर्वाधार छ कि छैन भन्ने विषयमा बहस र छलफल कमै मात्रामा भएका छन् ।

नेपालमा पर्यटकीय स्तरका होटलको संख्या निकै थोरै पाईएको छ । तीन तारेदेखी पाँचतारे स्तरका होटल जम्मा ५५ वटा मात्रै छन् । नेपालमा पाँचतारे होटलको संख्या जम्मा १२ वटा मात्रै छ । जम्मा १४ वटा होटलले सञ्चालनको अनुमति लिएको भएपनि अहिले दुई वटा पूर्ण रुपमा बन्द छन् ।

राजधानी काठमाडौँमा अहिले पाँचतारे होटलको संख्या ८ वटा छ । काठमाडौँ बाहिरका शहरमा पनि यस्ता सुविधा सम्पन्न होटलको संख्या ४ वटा छ । अहिले काठमाडौँमा दुई र काठमाडौँ बाहिर एउटा पाँचतारे होटल सञ्चालनको तयारीमा छन् ।

याक एण्ड यति, होटल अन्नपूर्ण, होटल र्याडिसन, र सांग्रिला होटल काठमाडौँमा चलेका तारे होटलमा पर्छन् । सोल्टी क्राउन प्लाजा, हायात रिजेन्सी होटल, होटल मल्ल र मेरियट पनि नमी पाँचतारे होटल हुन् । काठमाडौँमा सञ्चालित एभरेष्ट होटल भने बन्द छ ।

राजधानी बाहिरका पाँचतारे होटलमा पोखराको ग्राण्ड होटल र भैरहवाको टाइगर प्यालेस रिसोर्ट निकै स्तरीय छन् । पोखरामा सञ्चालित फुलबारी रिसोर्ट भने बन्द भईसकेको छ । यसका अलवा नेपालगञ्जमा दुई वटा तारे होटल छन् । सोल्टी वेन्सटेन्ड प्रिमियम र सेन्टर प्लाजा नेपालगञ्जका पाँचतारे होटल हुन् ।

नेपालमा चौधरी, गोल्यान लगायतका व्यापारीक घरानाहरुले होटलमा थप लगानी गर्न खोजिरहेका छन् । विदेशी पर्यटकको आगमन बढिरहेका बेला पर्यटकस्तरीय होटलको संख्या कम भएको मौका छोपी निजी क्षेत्रले होटलमा लगानी गर्न खोजिरहेका छन् ।

पर्यटन विभागमा दर्ता भएर सञ्चालनमा रहेका चारतारे हाटल भने १० वटा छन् । विभागका निर्देशक सुरेन्द्र थापका अनुसार देशभरमा जम्मा ३२ वटा होटल तीनतारे सुविधायुक्त छन् । उनका अनुसार तीनतारे, चारतारे र पाँचतारे गरी जम्मा ५५ वटा होटल मात्रै सुविधासम्पन्न छन् । ‘तारे नै भनेर सञ्चालनमा रहेका होटल चाँही यति मात्रै हुन्’ उनले भने, ‘अन्य तारा नलागेका होटल पनि पर्यटकस्तरका छन् ।’

तर होटल एसोसियसन अफ नेपाल (हान)ले भने तीन सयको संख्यामा पर्यटक स्तरका होटल भएको दाबी गरेको छ । हानका अध्यक्ष अमरमान शाक्यले नेपालमा बढीमा १५ लाख पर्यटक धान्ने होटल भएको बताएका छन् । होटलमा लगानी आउने क्रम बढेका कारण पर्यटक स्तर र तारे होटलको संख्या बढ्ने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर

छत्र मैनाली कोलम्बिया । अधिकांश नेपाली युवाले सपनाको मुलुक अमेरिका जाने सपना देखेका हुन्छन्, जुन अस्वभाविक होइन । दुई दशकयता डिभी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा अगामी आइतबार स्कटल्याण्ड जाँदैछन् । मुलुकको प्रधानमन्त्री नियुतm भए लगत्तै छिमेकी मुलुक भारतबाटैनै विदेश भ्रमणको

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान