हुवावे फाइब–जी सार्वजनिकीकरणमा अपराध भएको छैन – बेलायती प्रहरी

२१ बैशाख २०७६, शनिबार २३:०६ मा प्रकाशित

लन्डन, २१ बैशाख (एएफपी) – चिनियाँ टेलिकम कम्पनी हुवावेलाई तिब्र गतिको इन्टरनेट सेवा (फाइब जी) को सीमित अनुमति दिइएको बारेमा भएका खुलासाहरु फौजदारी अपराध नरहेको बेलायती प्रहरीले स्पष्ट गरेको छ ।

प्रधानमन्त्री थेरेसा मेले बुधबार यही आरोपमा रक्षामन्त्री ज्याभिन विलियम्सनलाई बर्खास्त गर्नुभएको थियो । बेलायतको राष्ट्रिय सुरक्षा परिषदको अप्रिल २३ मा बसेको बैठकमा भएको निर्णय सार्वजनिक हुनुमा प्रधानमन्त्री मेले रक्षामन्त्रीमाथि दोष लगाउनुभएको थियो ।

परिषदमा भएको छलफलमा बरिष्ट मन्त्रीहरु र सुरक्षा अधिकारीलाई मात्र सहभागी गराइन्छ । उनीहरुले सरकारी गोप्यता ऐन बमोजिम सपथ लिएर मात्र परिषद बैठकमा सहभागी हुन पाउँछन् । परिषदका कुनै पनि सदस्यले बैठकमा व्यक्त गरेका विचारलाई निजी रुपमा व्याख्या गर्ने प्रचलन छैन ।

कतिपय वरिष्ट विपक्षी नेताहरुले उक्त घटनाका बारेमा प्रहरी छानबिन हुनुपर्ने माग गरेका छन् ।

तर शनिबार एक वक्तव्य जारी गर्दै सहायक प्रहरी आयुक्त निल बसुले यस विषयको छानबिन अनुपयुक्त रहेको बताउनुभयो । प्रहरी अनुसन्धानले सरकारी गोप्यता ऐनको उल्लङ्घन भएको पर्याप्त प्रमाण फेला नपरेको पनि उहाँले जानकारी दिनुभयो ।

उक्त खुलासाले सार्वजनिक महत्वमा कुनै क्षति नपुगेको पनि उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि