अमेरिकामा बिमान चिप्लिएर नदीमा खस्यो, यात्रीहरु सकुशल

२१ बैशाख २०७६, शनिबार २३:०४ मा प्रकाशित

मियामी, २१ बैशाख (एएफपी) – संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यमा एक यात्रुबाहक बोइङ शनिबार धावन मार्गमा चिप्लिएर नदीमा खसेको छ । आँधी तुफानबीच अवतरण गर्ने क्रममा बोइङ ७३७ चिप्लिएको अधिकारीहरुले बताएका छन् ।

बिमानमा सवार १४३ यात्रु सबै सकुशल रहेका छन् । केही यात्रुलाई भने तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको थियो ।

यो चार्टर्ड बिमानको सञ्चालन मियामी एयर इन्टरनेसनलले गरेको थियो । उक्त बिमान क्युबाको ग्वान्तानामो बेबाट अमेरिकाको ज्याक्सनभिल्लतर्फ उडिररहेको थियो ।

बिमानका एक यात्रु एवं वकील शेरिल बोरम्यानले सिएनएनसँग बिमान जमिनमा बेस्सरी ठोक्किएको र त्यसपछि उछिट्टिएर नजिकैको नदीमा खसेको बताउनुभयो । उहाँले आफूहरु पानीमा भए पनि कहाँ झरेको हो थाहा नभएको बताउनुभयो । उहाँले एकछिन त बिमान समुद्रमा खसेको हो वा नदीमा खसेको हो थाहा पनि पाउन नसकिएको अनुभव सुनाउनुभयो ।

उहाँले नदीमा बिमान खस्नासाथ अक्सिजन मास्क लगाइएको र ढोका तुरुन्तै खुलेको पनि बताउनुभयो ।

ज्याक्सनभिल्ले नौसैनिक हवाई अड्डाका कमान्डिङ अधिकेत क्याप्टेन मिसेल कोन्नोरले बिमान दुर्घटनामा कसैको ज्यान जोखिममा नपरेकामा चमत्कार नै भएको प्रतिक्रिया दिनुभयो ।

उक्त ७३७–८०० विमान १८ वर्ष पुरानो हो । अमेरिकी बिमान कम्पनी बोइङ पछिल्ला दिनहरुमा ७३७ म्याक्स सिरिजका बिमानहरु दुर्घटनाका कारण ठूलो सङ्कटमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । सेनाद्वारा घरमै नजरबन्दमा राखिएका भनिएका सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामडोक घर फर्किएका छन् । प्रधानमन्त्री हामडोकलाई राजधानी खार्तुमस्थित आफ्नै

रियो दि जेनेरियो । ब्राजिलको संसदीय समितिले राष्ट्रपति जैर बोल्सोनाविरुद्ध अपराधिक मुद्दा लगाउन सुझाव दिएको छ । कोभिड महामारी नियन्त्रणमा

काठमाडौं । औंलामा गन्न सकिने विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको कुल आम्दानीको केही अंशले भोकमरी समस्या समाधान गर्न सकिने संयुक्त राष्ट्रसंघीय

काठमाडौँ ।गृहयुद्ध टार्नका लागि सत्ता आफ्नो हातमा लिएको सुडानी सेनाले दाबी गरेको छ । सैनिक कू गरेका जनरल अब्देल फातक