मुम्बईमा के गर्दैछन् निखिल र निरुता ?

१८ श्रावण २०६९, बिहीबार १४:२८ मा प्रकाशित

कुनैबेला नंबर वान नायक नायिका कहलाइएका नायक निखिल उपे्रती र नायिका निरुता सिंह यतिबेला गुमनामजस्तै बन्न पुगेका छन् । दुई पत्नीका पति तथा तीन सन्तानका पिता निखिल र अविवाहित निरुताप्रति चासो पनि कम हुन थालेको छ दर्शकहरूमा यतिबेला ।
यिनीहरू कहां होलान् ? के गर्दै होलान् ? र, यिनीहरूको दिनचर्या कसरी बितिरहेको होला त ? प्रसङ्ग उठेपछि चासो लाग्नु पनि अस्वाभाविक होइन । नेपाली चलचित्र क्षेत्रका लागि दुबै यतिखेर भूतपूर्व नायक–नायिकाको श्रेणीमा पर्न थालिसकेका छन् । सिनेमाको पर्दामा यी दुईलाई देख्न अब दुर्लभ नै होलाजस्तो पनि छ ।
यसैबीच निखिल र निरुता दुबैलाई एकसाथ मुम्बईमा देखेको दाबी गरेर सिने क्षेत्रकै एक व्यक्तिले नयां तरंग पैदा गरिदिएका छन् । प्राविधिक कार्यका लागि मुम्बई पुगेर फर्किएका ती व्यक्तिले परिचय नखोल्ने शर्तमा जनाएअनुसार हिजोआज निखिल र निरुताबीच निकै हेलमेल बढ्न थालेको छ । नेपालका दुई पत्नी र तीन सन्तानको बिल्लिबाठ पारेर भारतको मुम्बईमा भौंतारिइरहेका निखिल आजभोलि मुम्बईका कफी हाउस र क्याफेतिर निरुताका साथ देखापर्ने गरेका छन् । नेपाल आउंदा भारतीय चलचित्रमा काम गर्दै छु भनेर गफ दिने निखिल अनि भारतमा डे«स डिजाइनिङ विषयमा स्टडी गर्दैछु भनेर ‘सान’ झार्ने निरुताको यो गफ नै हो भन्ने कुरामा अब शङ्का मानिरहनुपर्ने अवस्था छैन । तैपनि नेपालमा शान, मान, इज्जत र हाइहाइका साथ जीवन गुजारेका निखिल र निरुताको दिनचर्या र दुर्दिनका बारेमा यतिबेला नेपाली चलचित्रकर्मी चुकचुकाउन थालेका छन् । कुनै समय निखिलको लाइफ स्टाइल देखेर इस्र्या गर्नेहरू अहिले उनकै जीवनप्रति दया प्रकट गर्न थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

आजको प्रमुख समाचार