सरकारले राष्ट्रपतिलाई कार्यकारी हैसियत दिन खोज्योः काङ्ग्रेस 

२१ बैशाख २०७६, शनिबार १६:०४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २१ बैशाख । नेपाली कांग्रेसले सरकारले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको आरोप लगाएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संंघीय लोकतान्त्रिक गणतन्त्रमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई राजाको जस्तो राष्ट्र प्रमुखको हैसियत दिएको आरोप लगाएको हो ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भन्ने शब्द प्रयोग गर्नु गलत भएको काङ्ग्रेसको निश्कर्ष छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारको नीति तथा कार्यक्रममा प्रयोग भएको भाषा संशोधन गरिनुपर्ने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुको सट्टा राजकिय शक्तिलाई केन्द्रीकृत गर्ने किसिमले निती तथा कार्यक्रम आएको काङ्ग्रेसको बुझाई छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनि गरेको उच्चारण विवादमा तानिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । आज विजया दशमीको दोस्रो दिन । हिन्दु धर्मावलम्बीहरुले आज पनि दसैं हर्षोल्लासका साथ मनाइरहेका छन् । चितवनमा १०५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण

लमजुङ । विजयादशमीको अवरसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग गरिएको छ । लमजुङ मर्स्याङ्दी युवा क्लबले कैदीबन्दीलाई खाद्यान्न सहयोग गरेको हो ।

काठमाडौं । अञ्जन विष्टको बराबरी गोलसँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम