नयाँ शक्ति र फोरमबीच सोमबार एकता हुने, बन्ने भयो समाजवादी पार्टी नेपाल

२१ बैशाख २०७६, शनिबार १५:१३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २१ बैशाख । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता हुने पक्का भएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति वहालवाला उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको फोरमबीच एकता हुने भएको हो ।

डा भट्टराई र यादवबीच आज पार्टी एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर समेत भएको छ । एकताको घोषणा भने सोमबार हुने बताइएको छ । एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिने भएको छ । सत्तारुढ नेकपामा जस्तै भट्टराई र यादव दुवै अध्यक्ष हुनेछन् । संघीय परिषद्को अध्यक्षता भट्टराईले र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति भएको छ । एकीकृत पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् ।

पार्टी एकीकरण भएपछि यादवले सरकारलाई संविधान संशोधनका लागि अल्टिमेटम दिने र माग पूरा नभए सरकार छाड्ने बताइएको छ । प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका भट्टराई मात्रै सांसद छन् ।

दुई पार्टीबीच भएको सहमतिः

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।