नेपाल–भारत सीमामा संयुक्त गस्ती

२१ बैशाख २०७६, शनिबार १२:५२ मा प्रकाशित

बाँके, २१ वैशाख । भारतमा हुन लागेको लोकसभा निर्वाचन तथा सीमा क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर नेपाल–भारत सीमाक्षेत्रको दशगजामा दुई देशका सुरक्षा निकायले संयुक्त गस्ती गरिरहेका छन् ।

नेपाल–भारत सीमाक्षेत्रको जङ्गे पिलर नं २६ देखि २९ सम्म संयुक्त गस्ती गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्वाटर बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाह र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) बटालियन नं ४२ को कम्पनी ई मुन्सीपुर्वाका कम्पनी कमाण्डर सुकुमार देवबर्माको संयुक्त कमाण्डमा गस्ती गरिएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक शाहले सीमाक्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि रोक्न र दुई देशबीचको भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउन यस्तो खालको संयुक्त गस्ती गरिँदै आएको जानकारी दिनुभयो । उहाँले नेपालमा निर्वाचन हुँदाका बखतमा पनि दुवै देशका सुरक्षा निकायले यसरी नै संयुक्त सुरक्षा गस्ती गर्ने गरेको र अहिले भारतमा पनि लोकसभाको निर्वाचन हुँदै गरेको अवस्थामा सीमाक्षेत्रको अवस्था बुझ्न संयुक्त गस्ती गरिएको बताउनुभयो ।

बटालियन नं ४२ का कमाण्डर देवबर्माले सीमाक्षेत्रको सुरक्षाको जिम्मेवारी पाएका सुरक्षा निकायले आ–आफ्नो क्षेत्रमा संयुक्तरूपमा यसरी सुरक्षा गस्ती गर्दा सीमाक्षेत्रमा आपराधिक गतिविधि रोकिने, सीमाक्षेत्रको सुरक्षा हुने र दुवैप्रति सौहर्दता व्यक्त हुने भएकाले यस्तो खालको संयुक्त गस्तीको महत्व र प्रभावकारिता छुट्टै खालको हुने विश्वास व्यक्त गर्नुभयो । भारतको उत्तर प्रदेशमा मे ६ तारिख अर्थात् यही वैशाख २३ गते हुने लोकसभा निर्वाचनका लागि आज बेलुकी ६ बजेदेखि २३ गते बेलुकी ६ बजेसम्म नेपाल–भारत सीमानाका बन्द गरिएको छ ।

लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा समन्वय समितिको ५१औँ बैठकले सीमानाका बन्द गर्ने निर्णय गरेको थियो ।

रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको