आइसिसी वरियतामा नेपाल ११ औंँ स्थानमा

२० बैशाख २०७६, शुक्रबार २३:०२ मा प्रकाशित

काठमाडौँ, २० वैशाख ।आइसिसी वरियतामा नेपालको सुधार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी ट्वान्टी क्रिकेटको वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ ।

आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई राष्ट्रलाई पछि पार्दै ११ औंँ स्थानमा उक्लिएको हो । नेपालले आयरल्याण्ड र जिम्बाबेलाई पछि पार्दै ११औँ स्थानमा उक्लिन सफल भयो । यसअघि नेपाल १४औँ स्थानमा थियो ।

टी ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान छ भने दोस्रो स्थानमा दक्षिण अफ्रिका, तेस्रोमा इङ्ग्ल्याण्ड, चौँथोमा अष्ट्रेलिया र पाँचौँ स्थानमा भारत रहेको छ ।

त्यसैगरी छैटौमा न्यूजील्याण्ड, सातौँमा अफगानिस्तान, आठौँमा श्रीलङ्का, नवाँैमा वेष्ट इण्डिज, दशौँमा बङ्गलादेश, बाह्राँैमा स्कटल्याण्ड, तेर्हौमा जिम्बाबे, चौधौँमा नेदरल्याण्डस, पन्ध्रौँमा आयरल्याण्ड र सोह्रौँ स्थानमा संयुक्त अरब इमिरेट्स छ ।

नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको टी ट्वान्टी सिरिजमा २–१ को जित निकालेको थियो । त्यस्तै नेपाल एक दिवसीय वरियतामा भने १४औँ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति