दुई विद्यार्थी संगठनबीच झडप भएपछि रुकुम बन्द

१८ श्रावण २०६९, बिहीबार १३:३३ मा प्रकाशित

रुकुम, १८ साउन । दुई विद्यार्थी सङ्गठनबीच भएको झडपको विषयलाई लिएर रुकुम जिल्ला अनिश्चितकालीन बन्द गरिएको छ। एमाओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) र एमाले निकट अनेरास्ववियुकाबीच मुसीकोट बहुमुखी क्याम्पसमा बुधबार सांझ झडप भएको थियो । विद्यार्थीबीचको झडपबाट आयोजित बन्दका कारण रुकुम सदरमुकामलगायत आसपासको बजार, कलकारखाना, विद्यालय पूर्णरुपमा बन्द छ, यातायातसमेत ठप्प छ भने रुकुमबाट बाहिरिने र भित्रिने यात्रु बाटामै अलपत्र परेका छन्।

झडपमा अनेरास्ववियु क्रान्तिकारीका तीनजना विद्यार्थी गम्भीर घाइते भएका छन्। घाइतेको जिल्ला स्वास्थ्य कार्यालय रुकुममा उपचार भइरहेको छ । पुनः झडप हुने सम्भावना भएकाले चोक चोकमा प्रहरी तैनाथ गरिएको छ। घटनामा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अनेरास्ववियुका जिल्ला अध्यक्ष मदन खड्कालगायत रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।

क्याम्पसले विद्यार्थीका विभिन्न माग सम्बोधन गर्नुपर्ने माग राख्दै अनेरास्ववियु (क्रान्तिकारी)ले एक सातादेखि आन्दोलन गरिरहेकाले बुधबार बेलुका क्याम्पस सञ्चालक समितिले सबै विद्यार्थी सङ्गठनलाई बोलाएर छलफल गरिरहेका बेला दुई सङ्गठनबीच झडप भएको हो। अखिल(क्रान्तिकारी)ले गणित विषयका उपप्राध्यापक पदमबहादुर खत्रीले राजीनामा दिएपछि नियमानुसार पाउने तलब भत्ताभन्दा बढी रकम उपलब्ध गराएकाले त्यसलाई फिर्ता गराउनुपर्ने, लेखा प्रणालीलाई पारदर्शी बनाउनुपर्ने, क्याम्पसको विधान संशोधन, तत्काल क्याम्पस प्रमुखको व्यवस्था गर्नुपर्ने माग राखेर क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएको थियो। रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका