राजाको झल्को दिने राष्ट्रपतिको सम्बोधन, समाजिक सञ्जाल आलोचनाले भरियो

२० बैशाख २०७६, शुक्रबार १८:३२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिन् । सरकारको निती तथा कार्यक्रम सार्वजनिक गर्दा उनले सरकारले तयार पारेको लिखित कार्यक्रम वाचन गरिन् । संसदमा राष्ट्रपति भण्डारीले निती तथा कार्यक्रम वाचन गरिरहँदा सामाजिक सञ्जाल भने एकाएक जुर्मराएको छ ।

राष्ट्रपतिले आफ्नो सम्वोधनमा बारम्बार ‘मेरो सरकार’ भन्ने शब्दा प्रयोग गरेपछि यही शब्दका विषयमा बहस सुरु भएको हो । सामाजिक सञ्जालमा आलोचना गर्नेहरुले राष्ट्रपतिले ‘मेरो सरकार’ शब्दावली प्रयोग गरेर राजतन्त्रको झल्को दिएको टिप्पणी गरेका छन् । समाजशास्त्र र राजनीति शास्त्रका जानकारहरु पनि लोकतन्त्रमा यस्तो अभ्यास नभएको बताउँछन् ।

राजतन्त्र रहेका बेलामा यसरी निती तथा कार्यक्रम सार्वजनिक गर्दा वा अन्य समारोहमा सम्बोधन गर्दा ‘श्री ५ को सरकार’ भन्ने प्रचलन थियो । श्री ५ भनेर राजालाई चिनिन्थ्यो, त्यसैले राजाले सम्बोधन गर्दा ‘मेरो सरकार’ भन्ने गर्थे । तर गणतन्त्र स्थापनापछि ‘नेपाल सरकार’ भन्ने शब्दावलीको विकास भयो ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र त्यसपछि राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले पनि अघिल्लो वर्षसम्म ‘यस सरकार, संघीय सरकार वा नेपाल सरकार’ भन्ने गरेका थिए । तर, यस पटकको सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले पहिलोपटक ‘मेरो सरकार’ भनिन् ।

नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदमा आएर वाचन मात्र गर्ने हुन् । प्रधानमन्त्री कार्यालयले लिखित रुपमा भाषण तयार पार्छ । यसलाई क्याबिनेट वैठकबाट स्वीकृत भएपछि राष्ट्रपतिलाई हस्तान्तरण गरिएको हुन्छ ।

फाइल भएर आएको भाषण राष्ट्रपति कार्यालयमा हेर्ने चलन हुन्छ । राष्ट्रपति आफैँले पनि आफूले वाचन गर्ने भाषणको फाईल हेर्ने प्रचलन पनि थियो । पूर्व राष्ट्रपति डा. रामवरण यादवका प्रेस सल्लाहकार रहेका राजेन्द्र दाहाल राष्ट्रपतिले संसदमा वाचन गर्नुअघि मन्त्रीपरिषद्बाट पास भएर आएको भाषण अध्ययन गर्ने गरिएको बताउँछन् ।

नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ भन्ने शब्दको आलोचना गरेका छन् । थापाले भनेका छन् ‘म त नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। साथै उनले नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?’

प्रधानमन्त्री कार्यालयले मेरो सरकार राखेर पठाउनु पनि गल्ती भएको र राष्ट्रपतिले पनि अध्ययन नगरी संसदमा वाचन गर्नु उनको कमजोरी भएको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति

काठमाडौं । नेपालीहरूको महान चाड दसैँ जारी छ । यस वर्ष विजयादशमी २९ असोजमा परेको छ । यसपालिको दसैँमा नेपालका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।