निजगढ विमानस्थलको निर्माण कार्य सुरु गर्ने सरकारको तयारी

२० बैशाख २०७६, शुक्रबार १७:१८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २१० बैशाख । सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य चाँडै सुरु गरिने जनाएको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट निजगढ विमानस्थलको निर्माण कार्य चाँडै सुरु गरिने जानकारी दिईन ।

भैरहवा अन्तराष्ट्रिय विमानस्थलाई सन् २०१९ भित्रै संचलनमा ल्याईने र पोखरा क्षत्रिय अन्तराष्ट्रिय विमानस्थल २०२१ को सुरुवात बाटै संचालनमा आउने गरि काम गर्ने सरकारको योजना छ ।

राष्ट्रपति भण्डारीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको भौतिक प्रगति ७५ प्रतिशत र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको भौतिक प्रगति ४० प्रतिशत सकिएको बताएकी छिन् । आन्तरिक ७ वटा विमानस्थलमा रात्रीकालिन उडान सुरु भएको र बन्द अवस्थामा रहेका ५ वटा घरेलु विमानस्थल संचालनमा आएको र आगामी वर्ष यो संख्या बढाउने सरकारको योजना छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी