राष्ट्रपतिको संसद सवारीका कारण यातायात आवागमन प्रभावित

२० बैशाख २०७६, शुक्रबार १५:५४ मा प्रकाशित

काठमाडौँ, २० बैशाख । राष्ट्रपति र उप-राष्ट्रपतिका कारण आज उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएको छ । राष्ट्रपति लगायतका उच्चविशिष्ट व्यक्तित्वहरु आज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वर जाने कार्यक्रम रहेको हुदा सवारी आवागमन प्रभावित हुने भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज दिउँसो ३स्३० बजेदेखि महाराजगंज–लाजिम्पाट–लैनचौर–केशरमहल–दरबारमार्ग–जमल–न्यूरोड–भद्रकाली–सिंहदरबार–माईतिघर–नयाँबानेश्वर सम्मका सडकहरु प्रभावित हुने छन् । यो रुटमा चल्ने सवारीलाई बैकल्पिक बाटो प्रयोग गर्न महाशाखाले आग्रह गरेको छ । बैकल्पिक बाटोको रुपमा महाशाखाले महाराजगंज–बालुवाटार–नक्साल–जयनेपाल–कमलपोखरी–पुलतीसडक–अनामनगर– थापागाउँ वा चक्रपथको बाटो प्रयोग गर्न आग्रह गरेको हो ।

महाशाखाले बैकल्पिक बाटो प्रयोग गरी ट्राफिक व्यवस्थापन कार्यमा सहयोग गर्न अपिल गरेको छ । साथै बिस्तृत जानकारीका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाको फोन नं। १०३ मा सम्पर्क गर्न हुन समेत महाशाखाले अनुरोध गरेको छ ।

नेपाल सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति लगायतका विशिष्टहरु संसद भवन नयाँ बानेश्वर जाने भएका हुन् । राष्ट्रपतिले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने छिन् । साथै राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गरिसकेर शीतलनिवास फर्कदा पनि उल्लेखित रुटमा सवारी आवागमन बन्द हुने छ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३