एक हप्तामै कर्मचारी समायोजनको काम टुंगिने मन्त्री पण्डितको दाबी

२० बैशाख २०७६, शुक्रबार १४:३२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौं, २० बैशाख । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक हप्ताभित्रै कर्मचारी समायोजनको काम टुंगिने बताएका छन् । प्रशासनिकतर्फका कर्मचारी समायोजनको धेरैजसो काम सम्पन्न सकिएको दाबी गर्दै मन्त्री पण्डितले अहिले स्वास्थ्यतर्फको काम धमाधम भईरहेको बताए ।

देश संघीयता कार्यान्वयनको चरणमा रहेको भन्दै उनले एकात्मक शासन व्यवस्थाबाट संघीयतामा जाने मुलुकहरुमध्ये नेपाल अरुभन्दा तीव्र गतिमा काम गर्ने देशमा पर्ने बताए । महिला तथा गम्भीर खालका रोग लागेका कर्मचारीलाई समायोजनमा पहिलो प्राथमिकता दिईने उनको भनाई छ । समायोजनका सन्दर्भमा कर्मचारीका जायज गुनासालाई सरकारले सम्बोधन गरेको मन्त्री पण्डितको दाबी छ ।

प्रदेश लोकसेवा आयोग गठन नहुञ्जेलसम्म केन्द्रले कर्मचारी भर्ना गर्ने भएकोले आगामी हप्ता स्थानीय र प्रदेशमा आवश्यक कर्मचारीका लागि कमर्चारी विज्ञापन गरिने मन्त्री पण्डितको भनाई छ । उनले आउने आर्थिक वर्षदेखि कर्मचारीको अभाव नहुने जिकिर गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी