शनिबार स्वदेश फर्कंदै पूर्वराजा ज्ञानेन्द्र

१८ श्रावण २०६९, बिहीबार ०९:५४ मा प्रकाशित


काठमाडौं, १८ साउन । पूर्वराजा ज्ञानेन्द्र करिब तीन साता लामो विदेश भ्रमण गरी साउन २० गते शनिबार स्वदेश फर्कनुहुने भएको छ । युरोप भ्रमणका लागि गत १ गते उहां नेपालबाट प्रस्थान गर्नुभएको थियो । उहां कतारको दोहा हुंदै साउन ३ गते फ्रान्सको राजधानी पेरिस पुग्नुभएको थियो । पेरिसमा दश दिन बिताउनुहुंदा पूर्वराजाले स्पेन, जर्मनी, बेलायत, पोर्चुगल र बेल्जियमबाट आएका नेपालीसंग भेटघाट तथा छलफल गर्नुभएको थियो । उक्त अवसरमा नेपालीले नेपालको वर्तमान झन् सङ्कटग्रस्त हुंदै गएकोमा चिन्ता प्रकट गर्दै नेपालमा कुनै न कुनै रूपको राजसंस्था रहनुपर्ने धारणा व्यक्त गरेका थिए । छलफलका क्रममा नेपालीले बेल्जियममा बृहत् भेला आयोजना गर्न लागेको जानकारी पूर्वराजालाई गराएका थिए । आगामी अक्टोबरमा बेल्जियमको राजधानी ब्रसेल्समा हुने भेलामा मुख्य अतिथिका रूपमा सहभागी भइदिन उनीहरूले पूर्वराजालाई निमन्त्रणा दिएका छन् ।
दश दिन पेरिसमा बिताएपछि उहां साउन १३ गते दुबई पुग्नुभएको छ । दुबईमा पनि त्यहां रहेका नेपालीसंग उहांले भेटघाट तथा छलफल गर्नुभएको बुझिएको छ । दुबईबाट उहां दोहा जानुहुने र दुई दिन दोहामा बसेर साउन २० गते काठमाडौं फर्कनुहुने जानकारी सम्बद्ध सूत्रले दिएको छ । यसअघि पूर्वराजा दोहा पुग्नुहुंदा उहांको स्वागत तथा खातिरदारीका लागि कतार सरकारले एक प्रोटोकल अधिकृत खटाएको थियो । ती अधिकृतले पूर्वराजा ज्ञानेन्द्रलाई दोहा विमानस्थलमा स्वागत तथा बिदाइ गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा