‘फानी’को कारण चलेको हुरीले सगरमाथाका २० वटा टेन्ट उडायो

२० बैशाख २०७६, शुक्रबार १४:२३ मा प्रकाशित

सोलुखुम्बु, २० बैशाख । भारतमा आएको ‘फानी’ नामक आँधीको असर नेपालको उच्च पहाडी र हिमाली क्षेत्रमा पनि देखिएको छ । तीव्र गतिमा बहेको हुरीबतासले सगरमाथाको दोस्रो क्याम्पमा बनाईएका २० वटा टेन्ट उडाएको छ । सगरमाथाको छ हजार दुई सय मिटरको उचाइमा बनाईएका टेन्ट हुरीले उडाएको एक्सपीडिसन एशोसिएसनले जानकारी दिएको छ ।

‘तीब्रगतिमा चलेको हुरीले दोस्रो क्याम्पमा राखिएका २० टेन्ट उडाएको जानकारी आएको छ,’ एशोसिएसनका सचिव इश्वरी पौडेलेले भने, ‘सात हजार मिटरभन्दामाथि ८०–९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ ।’

उनका अनुसार अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन । तर हुरीले टेन्ट उडाएपछि आरोहणमा रहेका आरोहीको भने विचल्ली भएको छ ।

हिमालयन गाइड्सका ८ जना गाइडहरुले ८ हजार मिटर उचाईमा पर्ने साउथकोलसम्म डोरी टाँगेर बाटो बनाइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार