नयाँ शक्त्तिबाहेक अन्य दलसँग एकताको कुरा भएकै छैनः उपेन्द्र यादव

२० बैशाख २०७६, शुक्रबार १४:२० मा प्रकाशित

विराटनगर, २० बैशाख । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नयाँ शक्ति पार्टी बाहेक अन्यसँग एकताको विषयमा छलफल नभएको प्रष्ट पारेका छन् । विराटनगरमा शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै उपप्रधान एवम् स्वस्थ्यमन्त्री समेत रहेका यादवले राष्ट्रिय जनता पार्टी नेपालसहित अन्य चार पार्टीसँग एकताको हल्ला मात्र भएको बताए ।

उनले नया शक्ति बाहेकका पार्टीसँग एकताका लागि प्रारम्भिक छलफलसमेत नभएको प्रस्ट पारे । ‘नयाँ शक्ति पार्टीसँग एकता प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘तर, अन्य पार्टीसँग पनि छलफल समेत भएको छैन ।’ नयाँ शक्ति पार्टीसँगको एकता प्रकृया पनि अझै निष्कर्षमा नपुगेको उनको भनाई छ ।

पत्रकारहरुको जिज्ञासामा मन्त्री यादवले दुई नम्बर प्रदेशमा सरकारको समिकरण फेरबदल नहुने दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ