‘फानी’ का कारण हेलिकप्टर उडान स्थगीत

२० बैशाख २०७६, शुक्रबार १२:५७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २० बैशाख । सरकारले शनिबारसम्म हेलिकप्टर नउडान एयरलाईन्सलाई आग्रह गरेको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले भारतमा आएको फानी चक्रवातको असर नेपालमा पनि पर्ने खतरा रहेको भन्दै हेलिकप्टर नउडाउन सबै एयरलाईन्सलाई आग्रह गरेको हो ।

मौसमविद्ले फानीको प्रभावका कारण हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने सम्भावना रहेको जनाएपछि शनिबारसम्म हेलिकप्टर उडान नगर्न केन्द्रले आग्रह गरेको हो । हेलिकप्टर सोसाइटी नेपालका महासचिव योगराज कँडेलले सबै एयरलाईन्सले शुक्रबार १ः ३० बजेदेखी शनिबार दिउँसो ३ बजेसम्म हेलिकप्टर नउडाने जानकारी दिए ।

भारतमा शुक्रबार बिहानैदेखि चक्रवातको प्रभाव सुरु भइसकेको छ । प्रतिघण्टा गति २४० किलोमिटरमा फानी चक्रवात चलिरहेको छ भने नेपालका पूर्वी जिल्लाहरुमा समेत यसको प्रभाव देखिन थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

आजको प्रमुख समाचार