‘फानी’ को असर नेपालमा पनि पर्ने मौसमविद्को अनुमान

२० बैशाख २०७६, शुक्रबार ०९:४९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २० बैशाख । समुद्री आँधी ‘फानी’ को असर नेपालमा पनि पर्ने पुर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले फानी नै नेपालमा नआउने तर वर्षा तथा हावाहुरी भने चल्ने अनुमान गरेको छ ।

महाशाखाले एक सूचना जारी गर्दै चक्रवात नेपाल तर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएको जनाएको छ । ‘यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज (शुक्रबार) र भोलि (शनिबार) मौसम प्रभावित भई पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जनरचट्टयाङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने तथा एक दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ’ सूचनामा लेखिएको छ ।

फानीको प्रभावले हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ । देशको पश्चिम क्षेत्रका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । आइतबारबाट भने मौसममा सुधार आउने मौसमविदहरुले जनाएका छन् ।

बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट चक्रवात शुक्रबार दिउँसो ओडिसाको तटीय क्षेत्रमा भित्रिने र त्यसको प्रभाव नेपालसम्म पर्ने मौसमविद्हरुको अनुमान छ । फानी समुद्री आँधी हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय

गण्डकी । पछिल्लो समयमा पोखरामा थपिएका विभिन्न पर्यटकीय गतिविधिले पर्यटकको बसाइँ लम्ब्याउन महत्वपूर्ण भूमिका खेलेका छन् ।माछापुच्छ«े पौडिने फेवाताल होस्