वीपी राजमार्ग दुई लेनको बनाउन बजेट माग

२० बैशाख २०७६, शुक्रबार ०९:०८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २० बैशाख । सडक विभागले वीपी राजमार्ग अन्तर्गतको धुलिखेल–खुर्कोट सडक खण्डलाई दुई लेनमा विस्तार गर्न बजेट माग गरेको छ । विभागले आगामी वर्षको बजेटबाट नै यो खण्ड विस्तारका लागि रकम व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

स्थानीय समुदायले सडक विस्तार गर्न आग्रह गरेको र अर्थ मन्त्रालयमा यो प्रस्ताव लगेको विभागले जनाएको छ । प्रस्तावमा अर्थले सकारात्मक प्रतिक्रिया दिएको छ ।

‘सडक साँघुरो भएकाले दुर्घटना बढेका छन्, पूर्वतिर र पूर्वी पहाडी जिल्लामा आरोरदोहोर गर्ने सवारीको निकै चाप पनि छ,’ विभागका एक अधिकारीले भने, ‘पहिलो चरणमा खुर्कोटसम्मको सडक फराकिलो बनाउने प्रस्ताव गरेका छौँ ।’

यो खण्डमा ठूला सवारी चलाउन रामेछाप क्षेत्रका स्थानीयले लामो समयदेखि माग गर्दै आएका छन् । तर, सरकारले ३२ सिटसम्मको यात्रुबाहक र १० टनसम्मको मालबाहक सवारी मात्रै चलाउन सकिने गरी अनुमति दिएको छ ।

निकै चर्चित र सुन्दर वीपी राजमार्ग जापान सरकारले बनाइदिएको हो । तर एक लेनमा मात्र बनाइएको हुँदा ठूला सवारीलाई यो सडक प्रयोग गर्दा जोखिम हुने भन्दै सरकारले रोक लगाएको छ ।

खुर्कोट–सिन्धुलीमाडी खण्ड भने विस्तार गर्न अप्ठेरो हुने विभागको भनाई छ । त्यसैले त्यो खण्डमा सुरुङमार्ग बनाउन अध्ययन सुरु भएको छ । हाल विभागले सुरुङमार्गको प्रारम्भिक अध्ययन गरिरहेको छ ।

यो खण्डमा पनि दुई लेनको सुरुङमार्ग बनाउने योजना छ । बर्दिबासबाट सिन्धुलीमाडीसम्म भने दुई लेनस्तरकै सडक छ । वीपी राजमार्गको पुनर्निर्माणका लागि जापानले १ अर्ब ८ करोड रुपैयाँ अनुदान सहयोग गर्ने सम्झौता भइसकेको छ ।

१६० किलोमिटर लम्बाईको यो राजमार्गका झण्डै २ दर्जन स्थानमा पुनर्निर्माण आवश्यक देखिएको छ । कज–वेहरुमा पुल बनाउने गरी सम्झौता पनि भएको छ । अब वीपी राजमार्गमा बन्ने पुल दुई लेनकै हुनेछन ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

काठमाडौं । गत २४ घण्टामा देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

चितवन । आज विजया दशमीको दोस्रो दिन । हिन्दु धर्मावलम्बीहरुले आज पनि दसैं हर्षोल्लासका साथ मनाइरहेका छन् । चितवनमा १०५