आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

२० बैशाख २०७६, शुक्रबार ०८:३० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २० बैशाख । सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको दिउँसो ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।

केपी ओली नेतृत्वको वर्तमान सरकारले दोस्रो वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । आज सार्वजनिक हुने नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी आर्थिक वर्षको बजेट तयार गर्नेछ । संघीय संसद सचिवालयले दिएको जानाकारी अनुसार मंगलबार भित्र नीति तथा कार्यक्रम परित हुनेछ ।

कृषि, उद्योग, पर्यटन, भौतिक पूर्वाधार लगायतलार्ई प्राथमिकतामा राखेर सरकारले कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्ष सफल बनाउदै सम्वृद्ध नेपाल, सुखी नेपालीको उद्देश्य पूरा गर्न सरकारले विभिन्न कार्यक्रम समेट्नेछ ।

सरकारले यस वर्षदेखि नीति तथा कार्यक्रम पारित भएपछि मात्र प्रि–बजेटमाथिको छलफल चलाउने बताएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले भने सरकारले परम्परा तोडदै संसदलाई छल्ने गरी प्रि बजेट माथिको छलफल नगराएको आरोप लगाउँदै आएको छ । सरकारले परम्परा तोडेको भन्दै काङ्ग्रेसले संसदमा विरोध गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले स्थगित गर्न माग गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थागित भएकोछ । प्रदेसभाको

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा नेपाली कांग्रेसका सांसदले ‘फ्लोर

आजको प्रमुख समाचार