‘क्याप्टेन मार्बल’ नायिका लार्सन प्रभावशाली महिलाको सूचीमा

१९ बैशाख २०७६, बिहीबार २२:५५ मा प्रकाशित

लस-एन्जलस । सन् २०१९ मा हलिउड फिल्मको सुरुआत ‘क्याप्टेन मार्बल’ बाट भएको थियो। यो फिल्मकी मुख्य अभिनेत्री ब्री लार्सनले लाखौं दर्शकको मन जित्न सफल पनि भइन् ।

फिल्मको सफलतासँग यतिबेला लार्सनको खुसीको सीमा छैन। फिल्मको सफलतासँगै उनको नाम टाइम म्यागजिनको सय प्रभावशाली हस्तीमा समावेश भएको छ। लार्सनलाई उक्त म्यागजिनमा राख्नुको एउटै कारण फिल्मको सफलता भएको बताइएको छ ।

यो सँगै एवेन्जरका थुप्रै कलाकारले आफ्नो सोसल मिडियाबाट ब्री लार्सनलाई बधाई दिएका छन् र उनको कामको प्रशंसा गरेका छन्। मार्च महिनामा प्रदर्शनमा आएको ‘क्याप्टेन मार्बल’ले अझै थुप्रै देशका हलमा चलिरहेको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाण्डौँ । अभिनेत्री वर्षा राउत अहिले श्रीमान संजोग कोईरालासँग अमेरिका भ्रमणमा छिन् । दशैँको समयमै अमेरिका पुगेकी उनी सामाजिक सञ्जालमा

एजेन्सी । बलिउड उद्योगमा अभिनेता विक्की कौशल र कट्रिना कैफको विवाहको खबरले निरन्तरता पाइरहेको छ । तर, केही दिनअघि दुवैले

एजेन्सी । भारतीय गायीका नेहा कक्कर नेपाली संगीतप्रेमीहरुो मनमा पनि बस्न सफल गायीकामध्ये एक हुन् । उनले अघिल्लो वर्ष अचानक

काठमाडौं । कमेडी च्याम्पियन २ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन् । दुवैबीच एक घन्टा कुराकानी