‘फाइभ जी’ सेवाबारे हतारमा निर्णय नलिन अमेरिकाको इयू सदस्य राष्ट्रलाई आग्रह

१९ बैशाख २०७६, बिहीबार २२:५० मा प्रकाशित

प्राग, १९ वैशाख (एएफपी) । यूरोपेली संघ अन्तर्गतका सदस्य राष्ट्रलाई संयुक्त राज्य अमेरिकाले आफूसँग विचार मिल्ने सरकारहरूलाई चीनको ‘फाइभ जी’ नेटवर्क सुरक्षाका विषयमा सावधानी अपनाउँदै समन्वय गरेर अघि बढ्न बिहीबार आग्रह गरेको छ ।

चिनियाँ टेलिकम कम्पनी हुवावेले प्रस्ताव गरेको ‘फाइभ जी’ नेटवर्क प्रणालीमा अमेरिका, कतिपय यूरोपेली राष्ट्रहरूलगायत विश्व समुदायले सुरक्षा चासो व्यक्त गरेको छ भने कतिपय मुलुकले चीनको उक्त अत्याधुनिक प्रविधिलाई अपनाउन सहमति जनाएका छन् ।

“विचार मिल्ने मुलुकहरूसँगको नेतृत्वसँग मात्र हामीले सुरक्षित तथा विश्वासिलो फाइभ जी संरचनालाई विकसित गर्न वा अपनाउन सक्छौँ,” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साइबर सुरक्षा सहयोगी जोसुवा स्टेनम्यानले भन्नुभयो ।
सूचना तथा सञ्चार प्रविधि सेवा प्रदायकसँग सहकार्य गर्दा यसबाट राष्ट्रिय सुरक्षामा देखिनसक्ने समस्याप्रति सबै समयमै सजग हुनुपर्ने चेक गणतन्त्रको राजधानी प्रागमा भइरहेको सम्मेलनमा उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “फाइभ जी नेटवर्कको सेवा तथा सुविधाका लागि काम अघि बढाउनुपूर्व उपलब्ध प्रबिधिबारे राम्रो ज्ञान लिने यस सेवाको विकल्पबारे पनि सोच्नुपर्ने हुन्छ र हामीलाई विश्वास छ संघ अन्तर्गतका अमेरिकासँग सहकार्य गर्दै आएका सदस्य राष्ट्रका सरकारले यसबारे सावधानीपूर्वक निर्णय लिनेछन् ।”

अमेरिकाले सञ्चार जगतमा जासुसी गरी संवेदनशील आधारभूत संरचनामाथि पहुँच पु¥याउनसक्ने भन्दै हुवावेका सामग्रीको खरिदमा प्रतिवन्ध लगाएको छ ।

तर चिनियाँ प्रबिधिको सहज तथा सुलभ उपलब्धताका कारण हुवावेद्वारा विकसित फाइभ जी नेटवर्कलाई कतिपय यूरोपेली मुलुकलगायत विश्वका अन्य क्षेत्रमा प्रयोगका लागि तत्परता देखाइरहेका छन् भने कतिपयले सेवाका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेका छन् ।

फाइभ–जी नेटवर्क पाचौँ पीढीको अत्याधुनिक मोबाइल प्रविधि हो जसलाई कलकारखानादेखि सवारी साधन समेतको गति बढाउन प्रयोग गर्न सकिनेछ । यस्तोमा हुवावे र जेट्टीइ लगायतका चिनियाँ कम्पनीले यो प्रविधि आफ्नो नियन्त्रणमा लिए व्यापारिक लगायत विभिन्न क्षेत्रमा अनुचित फाइदा उठाउन सक्ने अमेरिकाको बुझाई छ ।

त्यसैले पनि वासिङटनले पहिले नै हुवावेलाई आफ्नो सरकार र कन्ट्राक्टरहरुसँग सम्पर्क राख्न प्रतिबन्धित गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको