सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा ज्येष्ठ नागरिक प्रभावित

१९ बैशाख २०७६, बिहीबार २२:४८ मा प्रकाशित

सल्यान, १९ वैशाख । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका साढे दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण नहुँदा समस्या भएको छ । नगरपालिकाले छ महीनादेखि सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकेपछि सामाजिक सुरक्षाभत्तामा आश्रित ज्येष्ठ नागरिक प्रभावित हुन थालेका छन् ।

सामाजिक सुरक्षा भत्ता नपाएपछि आफूहरुलाई समस्या पर्न थालेको ज्येष्ठ नागरिकको भनाइ छ । वनगाड कुपिण्डे–५ चिउराका ८० वर्षीय पुरनसिंह नेपालीले आफूले त्यही भत्ताबाट नियमित औषधि किन्ने गरेकामा भत्ता नपाएपछि समस्या परेको बताउनुभयो । “नगरपालिकाबाट आएको भत्ताले नियमित खाने औषधि किनेर खान्थे भत्ता नआएको छ महीना बितिसक्यो औषधि किन्ने एक पैसा छैन”, नेपालीले भन्नुभयो ।

घरको दैनिक खर्च टार्दै आउनुभएकी वनगाड कुपिण्डे–४ चिउराकी विरमी कामीलाई पनि भत्ता नपाएपछि समस्या पर्न थालेको छ । “आम्दानीको अर्को कुनै स्रोत छैन, त्यही भत्ताले घरको खर्च टर्दै आएको थियो छ महीनासम्म नपाउँदा घर चलाउन गाह्रो हुनथालेको छ”, विरमीले भन्नुभयो ।

अपाङ्गता भएका व्यक्ति वनगाड कुपिण्डे–५ राउचेका ठाकुर बुढाथोकीको पनि समस्या उस्तै छ । मासिक रु ६०० का दरले भत्ता पाउँदै आएका बुढाथोकीले नपाउँदा आफूलाई आवश्यक पर्ने सामान खरीद गर्न नपाएको दुखेसो पोख्नुभयो ।

नगरपालिकाभित्रका दुई हजार ९७३ ले सामाजिक सुरक्षा भत्ता पाउँदै आएकामा यस आर्थिक वर्षको कात्तिकदेखि रकम उपलब्ध गराउन नसकेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि रकम निकासा नभएको वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द पुनले जानकारी दिनुभयो । “कार्यालय प्रमुख सरुवा भएर गएपछि रकम निकासा हुनसकेको थिएन, अब नयाँ आइसक्नुभएको छ छिट्टै सामाजिक सुरक्षा भत्ता वितरण गर्छौँ”, पुनले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३