मेयरकप फुटबल : विदुर नगरपालिका सेमिफाइनलमा

१९ बैशाख २०७६, बिहीबार २२:३२ मा प्रकाशित

विदुर, १९ वैशाख । विदुर नगर मेयरकप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आयोजक विदुर नगरपालिका विजयी भएको छ ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा भएको खेलमा विदुर नगरपालिकाले धादिङको धुनीबेँसी नगरपालिकालाई ९–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । विदुरका लागि आशिष लामा एक्लैले ६ गोल गरेको एन्फा उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिनुभयो । यस्तै विदुर नगरपालिकाका लागि विकास मगर, सन्तोष थापा र मोहन गुरुङले एक÷एक गोल गरेका थिए ।

खेलको १५ औँ मिनेटमा आशिषले पहिलो गोल गरेका थिए । लगत्तै धुनीबेसिका दीपेन्द्र रेग्मीले गोल फर्काएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष बद्रीबहादुर प्रधानले बताउनुभयो । मध्यान्तरपछिको खेलमा विदुरका लागि आशिषले लगातार ६८ आँै, ७८ औँ र ७९ औँ मिनेटमा गोल गरेका थिए । खेलको ‘म्यान अफ दी म्याच’ भएका उनले रु ५ हजार पुरस्कार प्राप्त गरे । शुक्रबार तनहुँको व्यास नगरपालिका र काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाबीच खेल हुनेछ ।

विदुर नगरपालिकाको आयोजना तथा जिल्ला खेलकूद विकास समिति र नुवाकोट फुटबल सङ्घको संयोजनमा भइरहेको प्रतियोगितामा ८ नगरपालिकाका फुटबल टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, उत्कृष्ट खेलाडीले रु १५ हजार तथा उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

ओसासुनालाई हराउँदै एथ्लेटिको मड्रिड स्पेनिस लिग फुटबल ‘ला– लिगा’ को उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा एथ्लेटिकोले ओसासुनालाई

लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई