पेट्रोलियम पदार्थको मूल्य बढ्यो

१९ बैशाख २०७६, बिहीबार २२:२९ मा प्रकाशित

काठमाडौँ, १९ वैशाख । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ । पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा १ र १ रुपैयाँ मूल्य बढेको छ । काठमाडौंँको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रति लिटर १११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य रु ९८ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकाले मूल्य बढाउनुपरेको गोइतले बताउनुभयो । अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमूल्यन भएकाले इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने

काठमाण्डाैं।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह

काठमाण्डाैं।निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका