‘सार्क चेम्बर अफ कमर्स’को बैठक काठमाडौँमा सुरु

१९ बैशाख २०७६, बिहीबार १८:३८ मा प्रकाशित

काठमाडौँ, १९ बैशाख । सार्क चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रि कार्यकारिणी समितिको बैठक काठमाडौंमा सुरु भएको छ । सार्क क्षेत्रको आर्थिक विकासमा सबै देशबीच सहकार्य गर्ने उद्देश्यका साथ सार्क चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिको ७७ औं कार्यकारिणी समितिको बैठक बिहीबारबाट काठमाडौंको चन्द्रागिरीमा सुरु भएको हो । २ दिनसम्म चल्ने बैठकको सभामुख कृष्णबहादुर महराले उद्घाटन गरे ।

बैठक सार्क क्षेत्रको आर्थिक विकासमा सदस्य राष्ट्रका उद्योगी÷व्यवसायीहरुले कसरी मिलेर अघि बढने भन्ने विषयमा केन्द्रित रहेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

बैठकमा सार्क राष्ट्रका उद्योगीहरुबीच क्षेत्रीय सम्भावना र त्यसको विकासका लागि संयुक्त लगानी गर्ने विषयमा पनि छलफल हुनेछ ।

कार्यक्रममा सभामुख महराले सार्क क्षेत्रका जनताको जीवनस्तर उठाउने गरी सहकार्य गर्न सार्कका सदस्य राष्ट्रका उद्योगीलाई आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।