भियतनाम र कम्बोडिया भ्रमण गर्दै प्रधानमन्त्री ओली

१९ बैशाख २०७६, बिहीबार १७:३० मा प्रकाशित

काठमाडौँ, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री बैशाख २६ गते भियतनाम भ्रमणमा जाने र ३० गतेसम्म त्यहाँ रहने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

भ्रमणमा पछिल्लो ३० वर्षयता भियतनामले गरेको तीव्र आर्थिक प्रगतिसम्बन्धी अध्ययन गर्ने र बुद्ध जयन्तीमा आयोजित समारोहमा सहभागी हुने कार्यक्रम छ । भियतनामसँगको सम्बन्धपछि नेपालमा पर्यटन क्षेत्र फस्टाउने सरकारको अपेक्षा छ ।

प्रधानमन्त्रीले भियतनामबाटै बैशाख ३० मा कम्बोडिया भ्रमण गर्ने छन् । कम्बोडियामा दुई पक्षबीच भेटघाट हुनेछ । भ्रमण सकेर प्रधानमन्त्री जेठ १ गते स्वदेश फर्कने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण