कांग्रेस जिल्ला सभापतिहरुबीच ध्रुवीकरण

१८ श्रावण २०६९, बिहीबार ०९:२९ मा प्रकाशित


काठमाडौं, १८ साउन । सिन्धुपाल्चोक भेला सकेर राजधानी आइपुगेका कांग्रेस जिल्ला सभापतिहरुले आज पार्टीसभापति सुशील कोइरालालालाई भेट्ने भएका छन् । सिन्धुपाल्चोक भेलाले गरेका निर्णयहरुको समयमै कार्यान्वयनका लागि दबाव दिन जिल्ला सभापतिहरुले केन्द्रीय सभापति भेट्न लागेका बुझिएको छ । भेटका अवसरमा पार्टीको नियमित कार्य सम्पादनका लागि सभापतिहरुले सुझाव दिनेसमेत बताइएको छ । कांग्रेसको सिन्धुपाल्चोक भेलाले राजनीतिक निकासका लागि आफ्नै पार्टीको नेतृत्वमा सहमतिको राष्ट्रिय सरकार गठन गरी संसदीय चुनावमा जानुपर्नेमा जोड दिएका थियो ।

यसरी जिल्ला सभापतिहरू महाराजगञ्जस्थित कोइराला निवासमा भेला हुने कार्यक्रमसंगै वरिष्ठ नेता शेरबहादुर देउवाले पनि आज विभिन्न जिल्लाका सभापतिहरूसँग अलग्गै भेटघाट र छलफल गर्न लागेका छन् । पार्टीमा विभागहरूको गठन प्रक्रियाप्रति असन्तुष्ट रहेका देउवाको निवास बुढानिलकण्ठमा दिउंसो ३ बजेपछि उनीनिकट जिल्ला सभापतिहरु भेला भई संस्थापन पक्षसंग कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्ने बताइएको छ । पार्टीमा एकलौटी रूपमा विभाग गठन गरी जिम्मेवारी दिइएको भन्दै देउवाले आयोजित आफू निकटका सभापतिहरूको राय बुझ्ने उद्देश्यले भेला आयोजना गरेका हुन् ।

केही दिनअघि गठन गरिएको विभिन्न ४२ विभागमध्ये देउवा पक्षीय सदस्यहरूले १३ वटा विभागको मात्र जिम्मेवारी पाएको थियो । यसबाट असन्तुष्ट देउवापक्षीय केही नेताहरुले जिम्मेवारीबाट राजिनामा समेत दिइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । चुनावी सभालाई सम्बोधन गर्न गत ६ वैशाखमा गोरखा आइपुगेका जसपाका संघीय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । देशका ७५३ स्थानीय

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

आजको प्रमुख समाचार