चार पार्टी एकताको खाका तयार पार्ने जिम्मा डा. भट्टराईलाई

१९ बैशाख २०७६, बिहीबार १७:२४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १९ बैशाख । नयाँ शक्ति र फोरम नेपालबीच एकिकरणको बहस चुलिएपछि राजपा नेपाल र राष्ट्रिय जनमुक्ति पार्टी पनि सामेल भएका छन् । बिहिबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भटराईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी कार्यालयमा एकीकरणकै लागि भटराई, राजपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र राजेन्द्र महतो, फोरम अध्यक्ष उपेन्द्र यादव र जनमुक्ति पार्टीका नेताबीच छलफल भएको छ ।

फोरम र नयाँ शक्तिबीच एकीकरणका विषयमा सैद्धान्तिक सहमति भएलगत्तै राजपा र जनमुक्ति पार्टी पनि सहभागी भएका हुन् । सबै पार्टीको एकीकरण गर्नेगरी खाका तयार पार्ने जिम्मा पूर्वप्रधानमन्त्रीसमेत रहेका नयाँ शक्तिका संयोजक डा. भट्टराईलाई दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्