प्रविधिलाई नकारात्मक प्रचार गर्ने थलो बनाईयोः प्रधानमन्त्री

१९ बैशाख २०७६, बिहीबार १७:०५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजले सुचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताउनुभएको छ । राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने बताए ।

“प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्दछ” प्रधानमन्त्री ओलीले भने, “प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ । त्यसको सदुपयोग गर्नु पर्दछ ।”
वर्तमान समयमा प्रविधि नकारात्मक कुराको प्रचार गर्ने माध्यमको रुपमा प्रयोग भइरहेको प्रति ओलीले चिन्ता समेत व्यक्त गरे । “सामाजिक सञ्जाल र सुचना प्रविधिलाई गलत रुपमा उपयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तै हो” उनले भने, “त्यसकारण यस्ता प्रवृतिलाई निस्तेज पार्दै लैजानु पर्दछ ।”
प्रविधिको प्रयोग मार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सहज हुने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको