यही महिनाभित्र तातोपानी नाका खुल्ने

१९ बैशाख २०७६, बिहीबार १६:२२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १९ बैशाख । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले समुन्द्रसम्म नेपालको पहूँच पुगेको बताएका छन् । उनले नेपालले चीनको भूमि प्रयोग गरेर आफ्नो पहुँचलाई विस्तार गरेको दाबी गरेका हुन् ।

मन्त्री ज्ञवालीका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा भएको यातायात पारवाहन प्रोटोकल सम्झौतामा हस्ताक्षर भएपछि नेपालले तेस्रो देशसँग व्यापार गर्न समुन्द्रसम्म पुग्न चीनको भुभाग प्रयोग गर्न सक्ने भएको छ । राष्ट्रपतिको सम्पन्न चीन भ्रमणबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले यातायात तथा पारवहन सम्झौतासहित चीनसँग सात वटा सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए ।

उनका अनुसार भूकम्पपछि बन्द रहेको चीनसँग सीमा जोडिएको तातोपानी नाका मे महिनाभित्र खुल्ने छ । मन्त्री ज्ञवालीले चीनले दिने एक अर्ब सहयोग जिविकोपार्जनका लागि प्रयोग गरिने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।