नयाँशक्ति र फोरम एकताः दुई अध्यक्षमा जुट्यो सहमति

१९ बैशाख २०७६, बिहीबार १६:१३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १९ बैशाख । डा. बावुराम भट्टराईको नयाँशक्ति पार्टी र उपेन्द्र यादवको संघीय समाजवादी फोरम एकताको नजिक पुगेका छन् । पूर्वप्रधानमन्त्री डा. भट्टराई र बहालवाला उपप्रधानमन्त्री यादवबीच दुई अध्यक्ष बनाउने बिषय सहमति नजिक पुगेको छ । तर अध्यक्षको शक्ति बाडफाँड कसरी गर्ने भन्नेमा भने सहमति हुन सकेको छैन ।

दुवै पार्टीका केन्द्रीय सदस्यहरु रहेको कमिटि बनाउने विषयमा सहमति भइसकेको छ । पदाधिकारी कति रहने भन्नेमा अझै बहस चलिरहेको छ ।

उदारवादी साम्यवाद र साम्यवादी समाजवादको बीचको नयाँ वैकल्पीक पार्टी बन्नेमा दुवैपक्ष सहमत भएका छन् । नयाँ शक्तिका एक नेताका अनुसार घोषणापत्र, विधान र संगठनात्मक संरचनामा टुंगो लाग्न बाँकी छ ।

फोरमले पार्टी एकता हुने पक्का भएमा आफ्नो आउनै लागेको महाधिवेशन पनि स्थगित गर्न तयार रहेको जनाएको छ । फोरमको महाधिवेशन वैशाख २८,२९ र ३० गते जनकपुरमा हुने कार्यक्रम छ ।

फोरमका महासचिव रामसहाय प्रसाद यादवले एकता हुने संभावना रहेपनि मिति भन्न नसकिने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले