जनताको जलविद्युत कार्यक्रम अन्तर्गत दुई हाइड्रोपावरको शेयर बाँडफांड

१९ बैशाख २०७६, बिहीबार १५:५६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १९ बैशाख । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत रसुवागढी हाइड्रो र सान्जेंन जलविद्युतको शेयर बाँडफांड भएको छ । बिहिबार दिउँसो ३ बजे उर्जा मन्त्रालयमा दुवै कम्पनीको आईपिओ एक साथ बाँडफांड भएको हो । दुवै कम्पनीले बैशाख ६ गते आईपिओ निष्काशन गरेका थिए ।

रसुवागढीले एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओ निष्काशन गरेको हो। यसमध्ये ४ प्रतिशत अर्थात् ४ लाख १० हजार ५ सय २६ कित्ता कमर्चारीको लागि र ५ प्रतिशत अर्थात् ५ लाख १३ हजार १ सय ५७ कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। बाँकि रहेको ९३ लाख ३९ हजार ४ सय ६७ कित्ताको सर्वसाधारणले आवेदन दिएका हुन ।

रसुवागढीको आईपिओमा तीन लाख दुई हजार ३ सय ४३ आवेदकले आवेदन दिएका थिए। जस मध्ये ११ हजार ७१ आवेदकको आवेदन रद्द भएको छ । योग्य रहेका बाँकि दुई लाख ९१ हजार २ सय ७२ आवेदक सबैले शेयर पाएका छन् ।

बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ४० कित्तासम्मको लागि आवेदन दिने सबैले माग गरे अनुसार कै शेयर पाएका छन् । ५० कित्ता वा त्यस भन्दा बढीको लागि आवेदन दिने मध्ये बाट गोलाप्रथा गरेर थप १० कित्ता शेयर दिईएको क्यापिटलले जनाएको छ । यस हिसाबमा २५ हजार ६ सय ९३ जनाले ५० कित्ता शेयर पाएका छन । त्यस्तै ५० देखि ५ हजार कित्तासम्मको लागि आवेदन दिने मध्येबाट ७ जनाले थप १ कित्ता शेयर पाएका छन् । थप १ कित्ता बाँडफांड गर्दा यस अघि थप १० कित्ता पाउने लाई समाबेश गरिएको छैन ।

त्यस्तै सान्जेंन जलविद्युतले ५४ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात २ लाख ७३ हजार ७५० कित्त्ता सामुहिक लगानी कोष, ४ प्रतिशत अर्थात २ लाख १९ हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। बाँकि रहेको ४९ लाख ८२ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन ।

सान्जेंनको आईपिओमा तीन लाख ५ सय ९७ आवेदकले एक करोड ३८ लाख ६९ हजार ७३० कित्ताका लागि आवेदन दिएका थिए। जस मध्ये ११ हजार सात सय आवेदकको आठ लाख ७३ हजार ५ सय १० कित्ता आवेदन रद्द भएको छ। बाँकी रहेका दुई लाख ८८ हजार ८९७ योग्य आवेदक सबैले शेयर पाएका छन् ।

सान्जेंनमा सबै आवेदकले न्युनतम १० कित्ता शेयर पाएका छन् भने २० कित्ता वा सो भन्दा बढीको लागि आवेदन दिने मध्येबाट दुई लाख नौ हजार ३ सय २८ आवेदकले थप १० कित्ताका दरले शेयर पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको