नेपालमै पहिलोपटक मानिसमा बर्ड फ्लु, एक जनाको मृत्यु

१९ बैशाख २०७६, बिहीबार १२:०१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १९ बैशाख । नेपालमा बर्ड फ्लुको भाइरस मानिसमा देखिएको छ । कुखुरामा देखिने गरेको भाइरस नेपालमै पहिलोपटक मानिसमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बर्ड फ्लु भाइरस संक्रमण भएका एकजना युवकको मृत्युसमेत भइसकेको छ ।

बर्ड फ्लु संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएका एकजना युवकको वैशाख १५ गते मृत्यु भएको स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले जानकारी दिईन् । काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लु भाइरसबाट ज्यान गएको हो । विश्वमा हालसम्म आठ सय ६० जनामा बर्ड फ्लु देखिएको छ ।

कुखुरामा पटक पटक देखिएको बर्ड फ्लु नेपालमा पहिलोपटक मानिसमा पनि देखिएपछि सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति

काठमाडौं । नेपालीहरूको महान चाड दसैँ जारी छ । यस वर्ष विजयादशमी २९ असोजमा परेको छ । यसपालिको दसैँमा नेपालका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।