समुद्री आँधी फानीः भारतमा उच्च सर्तकता, नेपालमा पनि प्रभाव पर्न सक्ने

१९ बैशाख २०७६, बिहीबार ०९:५० मा प्रकाशित

काठमाडौँ, १९ बैशाख । भारतमा फानी नाम दिइएको शक्तिशाली समुद्री आँधीको खतरा बढेको छ । आँधी आउने संकेत मौसम विद्हरुले गरेपछि हिन्द महासागरको तटवर्ती क्षेत्रबाट लाखौँ मानिसलाई सुरक्षित स्थलतर्फ सार्न थालिएको छ ।

अहिले बङ्गालको खाडीबाट समुद्री आँधी झन्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको ओडिशा राज्यतिर बढिरहेको छ । फानीले शुक्रवार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ । त्यो ओडिशाको तट हुँदै बांग्लादेशतर्फ लाग्नेछ ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बाङ्ग्लादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने बताएको छ ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार फानीको प्रभावका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुन सक्छ । भोलि पश्चिमी वायु पनि सक्रिय हुने देखिएकाले समुद्री आँधी फानी र पश्चिमी वायुका कारण देशैभरि वर्षा हुने अनुमान गरिएको छ । फानी र पश्चिमी वायुको प्रभाव शनिवारपछि कमजोर हुने र आइतवारदेखि मौसम सफा हुने मौसम महाशाखाको पूर्वानुमान छ ।
नेपालको मौसम विभागले पनि पूर्वानुमान अनुसार शुक्रवार अपरान्हपछि सो आँधी नेपालको पूर्वी भूभागनजिक हुँदै उत्तर पूर्व जाने क्रममा धेरै नै कमजोर हुने जनाएको छ ।
सन् २०१४ मा आएको समुद्री आँधीको प्रभावले नेपालका हिमाली क्षेत्रमा ठूलो हिमपात भएको थियो । हिमपात र हिमपहिरोमा परेर कम्ती तीन दर्जन व्यक्तिको मृत्यु भएको थियो भने चार सय जनाभन्दा बढीलाई जीवितै उद्धार गरिएको थियो ।

समुद्री आँधीको प्रभाव पर्ने भएकाले भारतको पूर्वी तटस्थित दुईवटा ठूला बन्दरगाह बन्द गरिएका छन् । हजारौँ उद्धारकर्मीहरूले तल्लो भेगका मानिसहरूलाई जोखिम भएका स्थान छोड्न सहयोग गरिरहेका छन् । भारतका आन्ध्र प्रदेश र तामिलनाडू राज्यमा पनि उच्च सतर्कता कायम गरिएको छ ।

ओडिशाको राजधानी भुवनेश्वरस्थित मौसम केन्द्रका निर्देशक एचआर बिस्वासका अनुसार ओडिशा राज्यका कम्तीमा ११ वटा जिल्लाहरू फानीबाट प्रभावित हुनेछन् । त्यहाँका मानिसहरूलाई घरभित्रै बस्ने सल्लाह दिइएको छ ।

भारतमा विपद् व्यवस्थापन गर्ने निकायले परिस्थिति विकराल हुने सक्ने भन्दै पूर्वी भारतको सबै तटवर्ती क्षेत्रका बासिन्दालाई सतर्क हुन र माझीहरूलाई समुद्रमा नजान भनेको छ । पूर्वोत्तर भारतको तटमा आइपुगेपछि समुद्री आँधी बाङ्ग्लादेशको चिट्टगोङतिर जाने अनुमान गरिएको छ ।

भारतीय अधिकारीहरूका अनुसार स्थानान्तरण गरिएका मानिसहरूका लागि ८५० वटाभन्दा बढी आश्रयस्थल निर्माण गरिएको छ। तिनमा झन्डै १० लाख मानिस अट्छन् । भारतको जलसेना, तटरक्षक र विपद् हुँदा खटिने न्याश्नल डिज्यास्टर रिस्पोन्स फोर्स तयारी अवस्थामा छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार तटवर्ती क्षेत्र भएर गुड्ने दर्जनौँ रेलहरू स्थगित गरिएका छन् ।

(बिबिसीको सहयोगमा)

प्रतिक्रिया
सम्बन्धित खवर

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायधीशहरूले इजलास बहिष्कारको चेतावनी दिएपछि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइ

टीकापुर । कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा

काठमाडौँ ।भारत सरकारले जयनगर–कुर्था सीमापार रेल खण्ड शुक्रबार हस्तान्तरण गरेको छ । भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग

आजको प्रमुख समाचार