अन्जु पन्तको प्रेमिल गीत ‘आज म तिमीलाई’ सार्वजनिक

१८ बैशाख २०७६, बुधबार २३:०८ मा प्रकाशित

काठमाडौँ । वरिष्ठ गीतकार श्रीपुरुष ढकालको शब्द तथा संगीतकार सन्तोष श्रेष्ठको संगीतमा अन्जु पन्तको प्रेमिल गीत ‘आज म तिमीलाई’ नयाँ गीत सार्वजनिक भएको छ । गीतमा गायिका अन्जु पन्त र गायक रवि थापा मगरले स्वर भरेका छन् । सार्वजनिक गीतमा माया प्रेमको गहिराइमा पुगेर संयोगान्त भाव सहित एक अर्काप्रतिको समर्पण प्रस्तुत गरिएको छ ।
कवि हेम प्रभावसले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र मोडल सनम कठायतले अभिनय गरेका छन् । कवि हेम प्रभास पछिल्लो समय निर्देशनमा व्यस्त देखिन्छन् ।

चलचित्रको औपचारिक अध्ययनपछि निर्देशनमा लागेका उनले केहि साता अघि मात्रै निर्देशन गरेको ‘हावाको झोका’बोलको गीत अहिले निक्कै लोकप्रिय बन्दै गएको छ ।

‘आज म तिमीलाई’को म्यूजिक भिडियोमा मुकेश हुमागाईको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सन्नी लियोन को अवतार फेरिएको धेरै भइसकेको छ । उनी बलिउडमा अत्यन्तै छोटो समयमा धेरै र उत्कृष्ट चलचित्र

काठमाडौं । भारत सरकारले सोमबार ६७औं राष्ट्रिय फिल्म अवार्ड प्रदान गरेको छ । उपराष्ट्रपति बेकैया नायडुले सम्मानित तथा पुरस्कृत फिल्म

काठमाडौं। नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन् । उनीहरूबीचको अन्तरंग सम्बन्धबारे फिल्मनगरीमा चर्चा चल्न थालेपछि यी

काठमाडौं। अभिनेत्री श्वेता तिवारी बेला बेला चर्चामा आइरहने कलाकार हुन् । उनी अहिले केपटाउनमा छिन् । टेलिभिजन शो ‘खतरों के