नरहरि आचार्यको बन्दी वृत्तान्त ‘गणतन्त्रको यात्रा’ सार्वजनिक

१८ बैशाख २०७६, बुधबार २३:०१ मा प्रकाशित

काठमाडौँ, १८ वैशाख (रासस) : नेपाली काँग्रेसका नेता नरहरि आचार्यको बन्दी वृत्तान्तमा आधारित ‘गणतन्त्रको यात्रा’ पुस्तकले समग्र देशको गणतान्त्रिक आन्दोलनको सकसपूर्ण यात्रा समेटेको साहित्यकार, राजनीतिक विष्लेषक तथा अधिकारकर्मीले औँल्याएका छन् ।

आज राजधानीमा उक्त पुस्तकको सार्वजनिकीकरण तथा अन्तरसंवाद कार्यक्रममा उहाँहरुले आफ्नै पार्टीमा पराजित भए पनि नीतिमा विजयी भएको भन्दै नेता आचार्यको खुलेर प्रशंसा गरेका थिए । पुस्तकमा २५० दिनको बन्दी जीवन मात्रै नभई डेढ दशकको राजनीतिक यात्रासमेत समावेश गरिएको पुस्तक पढ्ने वक्ताले उल्लेख गरेका छन् ।

मानव अधिकारकर्मी कृष्ण पहाडीले आफूले लेखेको पुस्तक नबिर्सिएको बन्दी जस्तै अनुभूति भएको उल्लेख गर्दै उहाँको ‘गणतन्त्रको यात्रा’लाई इतिहासको आलेखका रुपमा चित्रण गर्नुभयो । उहाँले भन्नुभयो,“गणतन्त्र ल्याउने सन्दर्भमा माघ १९ पछिको सबैभन्दा लामो बन्दी जीवन बिताउने मध्यमा एक हुनुहुन्थ्यो नेता आचार्य ।”

उहाँले काङ्ग्रेस पार्टीमा गणतन्त्रको मुद्दा उठाउँदा धेरै हप्की खाएको प्रसङ्ग जोड्दै पहाडीले यो पुस्तकमा लेखकले लेखकीय इमान्दारिता निभाएको बताउनुभयो । “उहाँको नीति विजय भयो, तर पार्टीमा पराजित हुनुभयो, गर्व गर्नुपर्छ, यस्ता योद्धाका बारेमा अझै बायोपिक आउनुपर्छ, उहाँजस्ता व्यक्ति नेपालका पूँजी हुन्”, पहाडीको भनाइ थियो ।

राजनीतिक विष्लेषक प्राध्यापक कृष्ण खनालले किताबमा सहजरुपमा प्रस्तुत हुनुभएको बताउँदै नेता आचार्य काङ्ग्रेसको राजनीतिमा पहिलो प्रयोग भएको उल्लेख गर्नुभयो । उहाँले गणतन्त्रको मुद्दा लहडमा उठाएको नभई तत्कालीन आवश्यकता हो भन्दै मन्त्री भएकै बेलामा पनि राजाको आलोचनामा उत्रिएर तरङ्ग ल्याउनुभएको स्मरण गर्नुभयो ।

कार्यक्रममा नागरिक अगुवा देवन्द्रराज पाण्डेले उहाँको पुस्तकले यथार्थ चित्रण गरेको बताउनुभयो । नेता आचार्यकी धर्मपत्नी शारदा शर्माले गणतन्त्रको विषयमा श्रीमान् श्रीमतीबीच नै विवाद हुने गरेको स्मरण गर्दै पुस्तकमा राजनीतिक विषयसँगै पारिवारिक विषय पनि जोडिएकाले आफू पनि एउटा पात्र भएको बताउनुभयो ।

लेखक आचार्यले आन्दोलन र बन्दीका क्रममा आदानप्रदान भएका चिठ्ठी मात्रै झण्डै १०० पृष्ठमा समावेश गरेको उल्लेख गर्नुभयो । गणतन्त्रको यात्रा भने पनि यथार्थरुपमा बन्दी वृत्तान्त भएको जिकिर गर्दै नेता आचार्यले एक दशकको चिन्तन विकसित भएर यो अवस्थामा आइपुगेको बताउनुभयो । अहिले विगतभन्दा आफू स्वस्थ हुँदै गएको र देब्रे हातले कम्प्युटर चलाउनसमेत सिकेको उहाँले जानकारी दिनुभयो । “ढिलै पुस्तक निकाल्दा पनि फरक पर्ने अवस्था थिएन, तर आफू बिरामी पर्दा सम्झिएर पुस्तक तयार भएको हो”, उहाँको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति