हिमाली भू–भागमा भारी हिमपात र पूर्वी तथा मध्य भागमा हावाहुरीको संभावना

१८ बैशाख २०७६, बुधबार २२:५८ मा प्रकाशित

काठमाडौँ, १८ वैशाख । बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले देशको हिमाली भू–भागमा भारी हिमपात तथा पूर्वी र मध्यका केही स्थानका हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज विज्ञप्ति जारी गर्दै बङ्गालको खाडीको दक्षिण पूर्वी भागमा बनेको शक्तिशाली चक्रवात, फानी, विस्तारै उत्तर–पश्चिम दिशातर्फ अगाडि बढेकाले यसको ठूलो प्रभाव नपरे पनि हिमाली भू–भागमा भारी हिमपात र पूर्वी तथा मध्यका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएकाले मौसमविद्ले सचेत रहन आग्रह गरेको छ ।

उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि नेपालको पूर्वी र मध्य हिमाली भू–भागमा भारी हिमपात तथा प्रि–मनशुन भएकाले पूर्वी र मध्यका स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१